• २०८२ असोज १० शुक्रबार
  • Friday, 26 September, 2025

जनार्दन शर्माले केन्द्रीय समितिमा राखेकाे फरक मत फिर्ता लिएनन्

 

काठमाडाैं। नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले  केन्द्रीय समितिमा प्रस्तुत आफ्नाे  मत फिर्ता नलिएकाे बताएका छन्। माओवादी केन्द्रीय समितिका दाेस्राे दिन उठेका प्रश्नको जवाफ दिने क्रममा  उनले आफ्नाे मत पार्टीलाई समाजवादी क्रान्ति तर्फ लैजान  केन्द्रीत रहेकाे दावी गर्दै फिर्ता नलिने बताएका हुन्।
त्यसैले प्रचण्डको नेतृत्वमाथिकाे प्रश्न कायम रहेकाे उनले जानकारी गराए।

`जेनजीकाे आन्दाेलनका कारण अहिले संविधान मुर्छित छ, देश विखण्डित भयाे, तर यश विषयलाई पार्टीले २३ गते सरकार आउदैछ भनेजस्ताे गर्नुभयाे,´ उनले भने।

शर्माले अध्यक्षले आफूलाई ३ पटक पार्टी छाेड भनेकाे दावी गर्दै समाजवादी क्रान्तिमा पार्टीलाई लैजान बहस गरेकाे बताए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर