प्रचण्डले भने: म अब अध्यक्ष रहिन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब आफू अध्यक्ष नरहेकाे र संयाेजक भएकाे बताएका छन्। पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरे ।
यसका साथै उनले पार्टीका सबै तहका नेतृत्व र पदाधिकारीले परिवार, सचिवालय तथा कार्यकर्ताको व्यवस्थापनमा नयाँ कार्यशैली अपनाउनुपर्ने आवश्यकता औल्याए । “अब पुरानै ढंगले चल्दैन, नयाँ कार्यविधि र ढंगबाट अघि बढ्नुपर्छ,” प्रचण्डले भने।
संगठनात्मक कार्यशैली मात्र होइन, व्यक्तिगत जीवनशैली र सांस्कृतिक अभ्यासमा समेत रूपान्तरण आवश्यक रहेको उनको भनाइ थियो। बैठकमा उनले नेताहरूको खानपान, लवाइ–खवाइदेखि जनसामान्यसँगको सम्बन्धसम्म सरल र जनमुखी बनाउन के के गर्ने भनेर लिखित सुझाव पठाउन निर्देशन समेत दिए ।
बैठक सम्पन्नसंगै माओवादी केन्द्रको केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रूपान्तरण हुने छ । निर्वाचन तोकिएकै मितिमा गराउने वातावरण बनाउन पार्टीले पहल लिने भएको छ ।
नेकपा (माओवादी केन्द्र) को सॅातौ पूर्ण बैठक यी निर्णय गर्दै सम्पन्न ।
* केन्द्रिय समिति प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समितिमा रूपान्तरण । पदाधिकारी नै आयोजक समितिको सचिवालयमा रूपान्तरण गर्ने । महाधिवेशन मंसिरमा गर्ने ।
* पार्टीभित्रका नेता-कार्यकर्ताको सम्पत्ति छानविन गर्न शक्तिशालि आयोग गठन गर्ने ।
* नेपोटिज्मबारे कार्यविधि बनाएर नेताका पारिवारिक सदस्यहरूका बारेमा निर्णय लिने । सॅस्कार, कार्यशैलि र चालचलन सम्बन्धि निति बनाउने ।
* जेन-जिलाई पार्टीका सबै कमटिमा अधिकतम सहभागि गर्ने । युवाहरूलाई प्रथामिकता दिने ।
* आईटि कामलाई उच्च प्राथामिकतामा राखेर काम गर्ने ।
* अध्यक्ष प्रचण्डको प्रस्ताव पारित, वरिष्ठ उपाध्यक्ष र उपमहासचिवले राखेको प्रस्ताबलाई त्यसमै समेट्ने । महाधिवेशनसम्म छलफल गर्दै जाने ।
* विभिन्न बिचार मिल्ने पार्टीहरूसॅग एकता गर्ने ।
प्रतिकृया दिनुहोस