प्रचण्ड भन्छन्ः जेनजीको म्याण्डेड अनुसार माओवादीमा पुस्ताहस्तान्तरण थालिसक्यौं

काठमाडौं । नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले पुस्तान्तरण प्रक्रिया सुरु गरिसकेको दाबी गरेका छन्। जेन–जी आन्दोलनको मनोविज्ञानअनुसार नै माओवादी केन्द्रले पुस्तान्तरण प्रक्रिया आरम्भ गरेको प्रचण्डको दाबी छ।
‘हाम्रो पार्टीले जेन–जीका मागलाई समर्थन गर्दै र पछिल्लो राजनीतिक अवस्थाले सिर्जना गरेको मनोविज्ञानलाई आत्मसात् गर्दै संगठनात्मक शुद्धिकरण, सांस्कृतिक रूपान्तरण र पुस्तान्तरणको प्रक्रिया सुरु गरिसकेको छ’, बडादसैंका अवसरमा प्रचण्डले दिएको शुभकामना सन्देशमा भनिएको छ।
प्रचण्डले माओवादीले उठाउँदै आएका अजेन्डा नै जेन–जीले उठाइरहेको दाबी पनि गरेका छन्। उनले अगाडि लेखेका छन्, ‘हामीले उठाएका प्रत्यक्ष निर्वाचित कार्यकारी लगायतका संविधान निर्माणका क्रममा सम्बोधन हुन नसकेका मुद्दा अहिले फेरि मुखरित भएका छन्।’
प्रतिकृया दिनुहोस