• २०८२ असोज २१ मंगलबार
  • Tuesday, 7 October, 2025

ओली र लेखकलाई पक्राउको माग गर्दै जेन–जी प्रहरीकाेमा

काठमाडाैं । जेन–जी आन्दोलनमा दमन गरेको घटनामा तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकमाथि कारबाहीको माग गर्दै जेन–जी प्रतिनिधि, सहिदका परिवार र घाइतेहरू जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका छन्। उनीहरूले सोमबार नै जाहेरी दिएकोमा प्रहरीले दर्ता गरेको छैन । 

प्रहरीले आज पनि उनीहरूसँग छलफल गरेको छ। यस विषयमा सोमबार प्रधानमन्त्री, गृहमन्त्रीसहित उच्च प्रहरी अधिकारीबिच छलफल भएको थियो। छलफलमा प्रहरी प्रमुखहरूले गौरीबहादुर कार्की अध्यक्षताको आयोगको प्रतिवेदनपछि यस विषयमा अनुसन्धान अघि बढाउन उचित हुने सल्लाह दिएका थिए। 

उता, काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाह र हामी नेपालका संयोजक सुदन गुरुङविरुद्ध पनि एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका युवाहरूले जाहेरी दिने तयारी गरेका छन्। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर