• २०८२ असोज २२ बुधबार
  • Wednesday, 8 October, 2025

बालेन र सुदनविरुद्धको जाहेरी प्रहरीले बुझ्यो, दर्ता गरेन

काठमाडाैं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध दिएको जाहेरी काठमाडौं प्रहरी परिसरले बुझे पनि दर्ता भने गरेकाे छैन। अनेरास्ववियुले दिएको जाहेरी अध्ययन गर्ने, सरकारी वकिल कार्यालयसँग छलफल गरेर दर्ता गर्ने,नगर्ने भन्ने प्रतिक्रिया जनाएको छ।  

‘हामीले जाहेरी दिएका छौं। २४ घण्टाभित्र सरकारी वकिलसँग सल्लाह गरेर निर्णय लिन्छौं भन्नुभएको छ’, जाहेरी दिन पुगेका अनेरास्ववियुका पूर्व अध्यक्ष समीक बडालले भने। उनले आफूहरू कानूनी राज्यको पक्षधर विद्यार्थी भएकाले विधिको शासनको वकालत गर्दै जाहेरी दिएको बताए। प्रहरीबाट प्रतिक्रिा आएपछि आफूले थप प्रतिक्रिया जनाउने अनेरास्ववियुले जनाएको छ।  

जाहेरीमा सिंहदरबार लगायत सरकारी संरचनामा आगजनी गरिएको, निजी सम्पत्ति ध्वंस गरिएको र प्रहरीहरूको हत्या गरिएकोमा बालेन र सुदनलाई आरोपित गरिएको छ।  

यसअघि सुदन समूहले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध दिएको किटानी जाहेरी दिएको थियो। उक्त जाहेरी बुझेर परिसरले जेन–जी आन्दोलबारे अध्ययन अनुसन्धान गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगलाई पठाइदिएको छ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर