• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

जापानी भाषाको बक्तृत्वकलामा  शुशिल पाैडेल प्रथम

जापान । टोकियोको रिस्यो विश्वविधालयको हलमा आईतबार बोल्ने नेपाली विधार्थीलहरु कसैले  नेपालको भुकम्प संझाए,कसैले जापानीको माया कसैले तकसैले परिवार ।

त्योसंगै धेरैले जापानको अध्ययन र सिकाई नेपालमा प्रयोग गर्ने अठोट समेत गरे ।  नेपाल जापान अध्ययन केन्द्रले प्रत्येक बर्ष आयोजना गर्ने जापानी भाषाको वकृत्वकला प्रतियोगिताका सहभागीको प्रस्तुतीको उर्जा र प्रष्ट्र बोली सुन्दा लाग्थ्यो थुप्रै बर्ष जापानमा बिताएका छन् ।

 तर ३ / ४ बर्ष मात्र जापानमा बिताएका विधार्थीको प्रस्तुतीको मुल्यांकलमा गर्न बसेका निर्णायक मण्डल  जापानीहरु अचम्म मात्र परेनन । नेपालीहरु मिहिनेत र लगनशिलता देखेर चकित पनि भए ।  

कार्यक्रमको पहिलो चरणमा १४ जना छनोट भएको प्रतियोगीतामा शुसिल पौडेल अडिसन छनोट पुरस्कार र प्रथम पुरस्कार दुवै हात पारे । त्यसैगरि सविना लामा द्वितिय भईन भने तृतिय पुरस्कार सुमन सापकोटाले हात पारे । 

पुरस्कार बितरण कार्यक्रममा बोल्दै राजदुत प्रतिभा राणाले विधार्थीहरुको मिहिनेत लगनशिलता र प्रस्तुतीले देशको नाम राख्ने भन्दै आगामी दिनमा पनि देश र जन्म थलोको माया मनमा राखिरहन अनुरोध गरिन साथै नेपाल भ्रमणबर्ष २०२० लाई सफल बनाउन जापानका नेपालीले पनि जापानीहरुलाई नेपालको सुन्दर पक्ष बुझाउन सुझाव दिए । 

कार्यक्रम संयोजक धिषन निरौलाले अतिथी सहभागी,सहयोगीदाता, प्रतियोगी सबैलाई धन्यबाद मन्त्व्य दिए । कार्यक्रमको संचालन शंकर बराइली,बिष्णु भण्डारी, रिहो कोमाकी र अंजना राजबंशीले गरेका थिए । 

नेपाली र जापानीहरुको बाक्लो सहभागीता रहेको कार्यक्रममा  माईनिची पत्रिकाका सिनियर स्टाफ लेखक मोरी ताबाहिको,क्योउदोउ चुसिन डिजिटल सर्भिसका उप निर्देशक कसिनईची, अन्तर्रा्ष्ट्रिय मानव संसाधन एवम विनिमय सहयोग संगठनका प्रमुख कोमियामा योशिहारू,जापान प्रवास सहयोग मंच नेपाल समुहका अध्यक्ष तानाखा कोउहेई र नेपाल जापान अध्ययन केन्द्रका अध्यक्ष जिज्ञान कुमार थापा मुल्यांकन समितीमा रहेका थिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर