प्रधानमन्त्रीले कति किने माथिल्लो त्रिशूली थ्रि बीको सेयर ?

काठमाडौं । 'नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने नाराका साथ पहिलो चरणमा निष्काशन गरिएको माथिल्लो त्रिशूली थ्री ‘बी’ पहिलो सेयरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आवेदन दिएका छन् ।
बिहीबार प्रधानमन्त्री कार्यालयबाट नै ओलीले आवेदन दिएका हुन् ।
माथिल्लो त्रिशूली थ्रि बी आयोजनाका लागि ग्लोबल आईएमई क्यापिटलमार्फत अनलाइन आवेदन भर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीले १० हजार कित्ताका लागि आवेदन दिएका हुन् । त्यस्तै प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि १० हजार कित्ताका लागि आवेदन दिएकी छन् ।
यो पनि हेर्नुहोस्
जनताको जलविद्युत कार्यक्रम सुरु, प्रधानमन्त्री ओलीले दिए सेयरका लागी पहिलो आवेदन (फोटोफिचर)
प्रतिकृया दिनुहोस