• २०८३ श्रावण १० आइतबार
  • Sunday, 26 July, 2026

साहित्यकार डोलियाका कृति विमोचन

काठमाडौं । लेखक तथा सहित्यकार खुसीराम डौलियाद्धारा लिखित २० कृतिहरु एकै साथ विमोचन गरिएको छ ।

आइतबार काठमाडौंस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा डौपिलयाका १८ र अनन्त विजय डठौलिया र  विष्णु गुरुङका एक एक गरी कुल २० वटा पुस्तक एकैसाथ सार्वजनिक गरिएको हो । विमोचन गरिएका कृतिहरूमा कविता, कथा, यात्रा संस्मरण, उपन्यास तथा जीवनीलगायतका विधा समेटिएका छन् । डोलियाका सुगन्ध, हल्सीदेखि मुक्तिनाथ, बाध्यता, बस्तीभित्रका हस्तीहरू, पर्खालभित्र, अन्तरमनका आवाजः धुन तथा जीवनको परिभाषा लगायतका कृति सार्वजनिक गरिएका छन् ।

कार्यक्रममा वक्ताहरूले नेपाली साहित्यको इतिहासमा यति धेरै कृति एकैपटक सार्वजनिक हुनु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै डोलियाको साहित्यिक योगदानको प्रशंसा गरेका थिए । 

कार्यक्रममा संयुक्त राष्ट्रसंघका पूर्वराजदूत जयराज आचार्य, संस्कृतिविद् जगमान गुरुङ, प्राडा विद्यानाथ कोइराला, प्राडा भागवत ढकाल, प्राडा भागेश्वरी पंगेनी तथा मदन पुरस्कार गुठीका अध्यक्ष विजयराज न्यौपानेलगायतले कृतिको विमोचन गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर