भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती
काठमाडाैं । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँएको छ ।
संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपालीलाई ठूलो गुन लगाएका थिए । उनले लेखेकाे रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।
पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गर्नुभएको बताइन्छ । भानुभक्त जयन्तीका अवसरमा भानु प्रतिष्ठानले नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्तको प्रतिमामा माल्यार्पणसहित विशेष कार्यक्रमको आयोजना गरिएको छ ।
कार्यक्रममा सभामुख डोलप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्य नेपाली भाषा, साहित्य र संस्कृतिका कवि मात्र नभएर नेपाली आत्माको स्वर भएको बताए । उनले भानुभक्तले देखाएको मार्ग–सरलता, स्पष्टता, जनतासँगको निकटता आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।
कार्यक्रममा साहित्यकार महेश्वर शर्मा र डा आना एम स्टिरलाई उनीहरुले नेपाली साहित्य क्षेत्रमा गरेको योगदानका लागि रथारोहण गरी सम्मान गरिएको थियो ।
विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती दिएकाले रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएको थियो ।







प्रतिकृया दिनुहोस