बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीहरु आउट
हेटौंडा । नेपाली कांग्रेससँगकाे चिसाेपन सँगै नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । नेपाली कांग्रेससँगको सत्ता गठबन्धन तोड्दै नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गर्ने तयारीसहित एमाले प्रदेश सरकारबाट बाहिरिएको हो ।
एमालेका मन्त्रीहरूले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष सामूहिक राजीनामा दिए ।
सोमबार काठमाडौंमा बसेको एमाले बागमती पदेश संसदीय दलको बैठकले पार्टीको औपचारिक निर्देशन नआएसम्म सरकारबाट नबाहिरिने निष्कर्ष निकालेको थियो । तर, मंगलबार केन्द्रको निर्देशन आएपछि एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिएको बताइएको छ ।
बागमती सरकारमा एमालेबाट मधुसूदन पौडेल, विन्दु श्रेष्ठ, डाक्टर दिनेशचन्द्र देवकोटा, जयराम थापा, किरण थापामगर र भरत केसी मन्त्री बनेका थिए ।
साेमबार मात्रै केन्द्रमा एमाले र नेकपाबीच सहकार्यका लागि प्रक्रिया अघि बढाउने सहमति भएको छ । एमाले अध्यक्ष केपी ओली र नेकपाका संयाेजक पुष्पकमल दाहाल प्रचण्डबीच दुई दलबीच सहकार्य गर्ने सहमति भएकाे र याे विस्तार हुने एमाले सचिव महेश बस्नेतले बताएका छन् ।
दुवै दलबीच प्रदेश सरकार निर्माणदेखि राष्ट्रिय राजनीतिक सहकार्यसम्मका विषयमा सकारात्मक समझदारी बनेको बस्नेतले बताए ।







प्रतिकृया दिनुहोस