सडकको बाटो हुँदै गोप्य रुपमा दिल्ली पुगेका थिए बालेनका सल्लाहकार कुमार बेन
काठमाडौं । सामूहिक भेट, परराष्ट्र मन्त्रालयका अधिकारीहरु राखेर मात्रै विदेशी मामिलामा छलफल र सम्बाद गर्ने भन्दै सकारात्मक सन्देश दिएका प्रधानमन्त्री बालेन्द्र शाह बालेनको व्यवहार भने उल्टो देखिन थालेको छ ।
विदेश मामिलामा परराष्ट्रमन्त्रीमार्फत मात्रै डिल गर्ने भन्दै उनले कतिपय देखिने भेटघाटहरु गर्न अस्वीकार पनि गरेका थिए ।
तर गोप्य रुपमा भने बालेनले भने आफ्ना सल्लाहाकारलाई विशेष दूत बनाएर भारत पठाउने । भारतमा पनि राजनीतिक नेतृत्व भन्दा सुरक्षा सल्लाहाकारसँग भेट्ने र भेटेका कुरा गोप्य राख्ने गरेका देखिएको छ ।
हवाई मार्गबाट भारत जाँदा रेकर्डमा रहने र हल्लाखल्ला हुने देखिएपछि प्रधानमन्त्री बालेनले उनका सल्लाहाकार कुमार बेनलाई सडक मार्गको बाटो केही समय अघि पठाएकाे श्राेतले समाचार दैनिकलाई जानकारी दियाे ।
यसबारे नेपालखबरले हिजो र सेतोपाटीले आज समाचार पनि सम्प्रेशण गरिसकेका छन् ।
जुलाई महिनाको पहिलो साता भएको भनिएको कुमार बेन र अजित डोभलको भेटवार्ताबारे परराष्ट्र मन्त्रालयलाई अहिलेसम्म औपचारिक जानकारी दिइएको छैन। प्रधानमन्त्री वा उनका सल्लाहकार बेनले यसबारे परराष्ट्र मन्त्रालयसँग केही कुरा गरेका छैनन्।
परराष्ट्रका एक उच्च अधिकारीले उक्त भेटवार्ता भएको पुष्टि गरे पनि छलफलको एजेन्डाबारे मन्त्रालयलाई कुनै जानकारी नदिइएको बताए।
प्रधानमन्त्री बालेनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट भारत भ्रमणको निम्तो दिन काठमाडौं आउन लागेका भारतीय विदेश सचिव विक्रम मिस्रीलाई भेट्न बालेनले अस्वीकार गरेपछि मिस्रीले भ्रमण नै रद्द गरेका थिए। प्रधानमन्त्री बालेनले अर्को मुलुकको प्रधानमन्त्री वा परराष्ट्रमन्त्री भन्दा तलका अधिकारीहरूलाई वान–अन–वान नभेट्ने नीति लिएका थिए।
गत वैशाख २८ गते हुने भनिएको भारतीय विदेश सचिव मिस्रीको नेपाल भ्रमण अन्तिम समयमा रद्द भयो। परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा 'मिति तय भइनसकेको' भन्दै बचाउ गरे पनि प्रधानमन्त्री बालेनले भारतीय विदेश सचिवसँग द्विपक्षीय भेटवार्ता गर्न इन्कार गरेकै कारण उक्त भ्रमण रोकिएको थियो।
डोभाललाई बालेन सरकारको छिमेक नीति र प्राथमिकताहरूबारे ब्रिफिङ गरेकाे, प्रधानमन्त्री शाहको भारत भ्रमणका सम्भावित एजेन्डा र तयारीबारे पनि छलफल भएकाे नेपालखबरले उल्लेख गरकाे छ।






प्रतिकृया दिनुहोस