लिग्सकपः विश्वकपबाट फर्किएका मेसीले हाने २ गोल
काठमाडौं । अमेरिकन लिग्स कपमा विश्वकप उपविजेता अर्जेन्टिनाका सुपरस्टार लियोनल मेसीले धमकेदार कमब्याक गरेका छन् ।
विश्वकपबाट फर्किएपछि केही समय बिदामा बसेका उनी अघिल्लो खेलमा छोटो समय मैदानमा उत्रिएका थिए । तर आज विहान लिग्सकप अन्तर्गत सान लुइस विरुद्धको खेलमा मेसीले २ गोल गरे भने उनको टिमले ४–२ गोलले जित निकालेको छ ।
मेसीले पहिलो हाफको ११औं र ४४औं मिनेटमा गोल गरेका हुन् ।
इन्टर मायामीका लागि थप २ गोल सेगोभिया र मिकेलले २६ र ४७औं मिनेटमा गरे । खेलमा अग्रता भने चौथो मिनेटमा गोल गरेर सान लुइसले लिएको थियो ।




2026-08-08-06-41-03.jpeg)


प्रतिकृया दिनुहोस