सातामा नेपाल फर्कदै देउवा
काठमाडौं । जेनजी आन्दाेलनमा कुटाई खाएपछि उपचारका लागि भनेर विदेश गएका कांग्रेस पूर्वसभापति शेरवहादुर देउवा नेपाल फर्कने भएका छन्। नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री देउवा साउन २९ गते अगाडि नै नेपाल आउने भएका छन् । उपचारका लागि हङकङमा रहेका देउवा २९ गते अगाडि नै नेपाल आउने उनका स्वकीय सचिव भानु देउवाले बताए ।
“साउन २९ गते अगाडि नै आउनुहुन्छ । तर, डेट फिक्स भइसकेको छैन,” बाह्रखरीसित उनले भने ।
देउवापक्षीय नेताहरूले साउन २९ गतेका लागि राष्ट्रिय भेला राखेकाले पनि उनी सहभागी हुन अगाडि नै आउने नेताहरूले बताएका छन् ।







प्रतिकृया दिनुहोस