• २०८३ श्रावण २४ आइतबार
  • Sunday, 9 August, 2026

पारदर्शिता र जवाफदेहितामा सरकार कमजोर देखियाे– पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता बर्षमान पुनले पारदर्शिता र जवाफदेहितामा सरकार कमजोर देखिएको बताएका छन् ।  

शुक्रबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै नेता पुनले लोकतन्त्रमा पारदर्शिता र जवाफदेहिता मुख्य कुरा भएपनि सरकार यसैमा कमजोर देखिएको बताए ।

उनले हालै सुनसरी तथा मधेश प्रदेशमा भएका घटनाहरूबारे सरकारले संसदलाई जानकारी गराउन आवश्यक नठान्नुले सरकार जवाफदेहिताबाट भागिरहेको देखिएको धारणा राखे ।

गृहमन्त्री तराई–मधेश भ्रमणमा गएपछि भएका साम्प्रदायिक झडप र अशान्तिबारे गृहमन्त्रीले नै संसदमा स्पष्ट पार्नुपर्ने उनको भनाइ छ ।

नेता पुनले हरेक महिनाको पहिलो साता हुने प्रधानमन्त्रीसँगको प्रश्नोत्तर आगामी महिनाको तालिकामा समेत समावेश नभएकोप्रति आपत्ति जनाए ।

डेलिभरी गर्छौँ भनेर आएको सरकारले न्यूनतम डेलिभरी पनि दिन नसकेको भन्दै उनले झूटा आश्वासनको सट्टा अनुभूति हुने गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर