• २०८३ श्रावण २६ मंगलबार
  • Tuesday, 11 August, 2026

कोलम्बियामा शक्तिशाली भूकम्पः १११ काे मृत्यु

एजेन्सी । वर्षौयताको सबैभन्दा ठूलो भूकम्पले कोलम्बियालाई धक्का दिएपछि संकटकाल घोषणा गरिएको छ। भूकम्पले १११ जनाकाे ज्यान लिएकाे पुष्टि भएकाे छ ।

भत्किएका भवनहरूमुनि थप मानिसहरू पुरिएको आशङ्का गरिएकोले मृतकको संख्या अझै बढ्न सक्ने सम्भावना छ।

भौगर्भिक सेवाका अनुसार ७.४ म्याग्निच्युडको भूकम्प बिहान ०७:३४ बजे चोको प्रान्तमा गएकाे हाे । याे भूकम्प १०३ किमी (६४ माइल) को गहिराइमा गएको थियो। यो भूकम्प पश्चिमी कोलम्बियाका सयौँ माइल टाढासम्मका क्षेत्रहरूमा महसुस गरिएको थियो।

अधिकांश क्षेतीका विवरण कोलम्बियाको कफी उत्पादन हुने क्षेत्रमा पर्ने पेरेइरा (Pereira) शहरबाट आएका छन्। साथै यसका आसपासका शहरहरू र भाले डेल काउका क्षेत्रमा पनि ठूलो क्षति पुगेको छ।

भूकम्पको केन्द्रबिन्दुबाट करिब ५५ किमी (३४ माइल) टाढा रहेको पेरेइरा शहरमा सबैभन्दा गम्भीर क्षति देखिएको छ।

बीबीसीद्वारा पुष्टि गरिएका भिडियोहरूमा शहरको मुख्य प्लाजा बोलिभार (Plaza Bolívar) मा कम्तीमा एउटा भवन भत्किएको र मानिसहरू भेला भएको खुला ठाउँमा धुलो र भग्नावशेष छरिएको देखिएको छ।

भूकम्पपछि कोलम्बियाको मनिजालेसमा सबै विद्यालय र विश्वविद्यालय बन्द गरिएका छन्।

उत्तरी छिमेकी भेनेजुएलामा दुई शक्तिशाली भूकम्प गएको लगभग दुई महिनापछि कोलम्बियामा भूकम्प गएको हो।

भेनेजुएलाको भूकम्पमा ६,१०० भन्दा बढी मानिसको मृत्यु भएको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर