मेसी नभएपछि इन्टार मायामी अर्को खेलमा पनि पराजित
काठमाडौं । अमेरकिन सकर लिगमा लियोनल मेसीको टिम इन्टर मायामीले अर्को हार खाएको छ । आफ्ना बुवाको निधनपछि टिमका कप्तान लियोनल मेसी दुई खेल यता अनुपस्थित भएका छन् । तर ती दुबै खेलमा इन्टर मायामीले पराजय भोगेको छ ।
लिग्स कपको आज विहानको खेलमा मायामीले लियोनविरुद्ध ३–२ गोलको हार खाएको हो । खेलमा अग्रता भने मायामीले नै लिएको थियो । तर जोगाउन नसक्दा दोस्रो हाफमा मात्रै ३ गोल खान पुग्यो ।
मायामीका लागि प्रिन्टर र ब्राइटले गोल गरेका थिए । लियोनका लागि डानिय आर्सिला र पाब्लो डोमिङ्ग्वेजले गोल गरेर जित दिलाए ।
आफ्नो बुवाको शोकमा रहेका मेसीले अब कहिले खेलमा फर्कने भन्ने खुलाएका छैनन् । हिजो मात्रै उनले भावुक स्टाटस लेख्दै अब कसरी अघि बढ्ने भन्ने अन्योलमा रहेको बताएका थिए ।







प्रतिकृया दिनुहोस