• २०८३ श्रावण ३१ आइतबार
  • Sunday, 16 August, 2026

देउवा पक्षमा लफडाः निर्णय सुनाउने बेला कागज खाेसाखाेस

काठमाडौँ । संस्थापन पक्षलाइ चुनाैती दिइरहेकाे नेपाली कांग्रेस संस्थापन इतर पक्षकाे भेला समापनमा लफडा देखिएकाे छ । तीन दिनसम्म चलेकाे भेला समापनका क्रममा निर्णय सुनाउँदा नेताहरुबीचमै पत्र खाेसाखाेस भएकाे हाे ।

नेताहरूका सुझाव संकलन गरेर तयार गरिएको प्रस्तावलाई निर्णयार्थ हलमा प्रस्तुत गर्दा विवाद भएकाे देखिएकाे छ । 

१४ औं महाधिवेशनबाट बनेको निर्वाचित पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा १५ औं महाधिवेशन सम्पन्न हुनेछ भन्ने प्रस्ताव पढेर सुनाएपछि हलले ताली बजाएर अनुमोदन गरेको थियो। तर यही निर्णयको केही शब्दलाई लिएर नेताहरूबीच विवाद देखियो।

त्यसपछि यो निर्णयकै पूरक केही वाक्य पढेर सुनाइयो- उहाँकै नेतृत्वमा पार्टी एकताबद्ध भई १५ औं महाधिवेशन सम्भव हुने दृढ विश्वास यो सम्मेलनले व्यक्त गर्दछ।

यसपछि प्रस्ताव पढिरहेको पोडियममा नेता प्रकाशशरण महत आइपुगे। उनले 'कार्यसमिति' शब्द निर्णयमा राख्न आग्रह गरेको सुनिन्थ्यो।

महतलगत्तै नेता विमलेन्द्र निधि पनि पोडियममा आए। ‘तपाईंहरू हट्नुस् म बुझ्छु’ भन्दै निधिले महतलाई हट्न भनेका थिए। यही क्रममा पोडियमनजिक रहेका केही नेताहरूले ‘निर्वाचित होइन, दाइहरू सबै मनोनीत हुनुहुन्छ’ भनेका थिए।

निर्णय सुनाउने बेला विवाद देखिएपछि निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समय लिएर फेरि बोलेका थिए।

उनले 'सर्वोच्च अदालतको निर्णय हाम्रो पक्षमा आयो भने फेरि पनि भेटघाट गर्ने विश्वास दिलाउँछु' भनेका थिए। भेला/सम्मेलन समापन समारोहमा संयोजक शशांक कोइरालाले पनि बोलेका थिए। 

‘यो सम्मेलन एकताबद्ध गर्नका लागि आयोजना गरिएको हो। त्यसैले हामी एकै ठाउँमा उभिएका छौं, भोलिका दिनमा पनि हामी सबै एकै ठाउँमा उभिनुपर्छ, पारित गरेका ५ बुँदाप्रति धन्यवाद दिन्छु, मलाई संयोजक बनाउनुभएको थियो, तपाईंहरूको सहयोगले यो सफल भएको हो,’ उनले भने, ‘फेरि यस्ता कार्यक्रम गरी तपाईंहरूलाई बोलाउँछौं, हामीलाई नबिर्सनुहोला।’

नेपाली कांग्रेसको इतर समूहद्वारा आयोजित ३ दिने राष्ट्रिय भेलाको समापन सत्रमा शीर्ष नेताहरूबिच ‘धर्मको विषयलाई लिएर सार्वजनिक रूपमै विवाद देखिएको छ । भेलाले पारित गरेका निर्णयहरू सुनाउने क्रममा पूर्वउपसभापति विमलेन्द्र निधि र निवर्तमान प्रवक्ता डा.प्रकाशशरण महतबिच भनाभन र कागज खोसाखोस भएको हो।

सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा भइरहेको समापन समारोहमा निर्णयहरू वाचन गर्ने तयारी भइरहँदा दुई नेताबिच विवाद भएको हो । विवादको मुख्य जड भेलाको प्रस्तावमा समेटिएको ‘धर्म’ सम्बन्धी वाक्य रहेको थियो।

डा.महतले निर्णयको मस्यौदामा ‘सनातनदेखि मानिँदै आएका धर्महरू मान्न सबैलाई स्वतन्त्र हुने’ भन्ने वाक्य राखेका थिए। तर, विमलेन्द्र निधिले उक्त शब्दावलीमा असहमति जनाउँदै त्यसलाई परिमार्जन गरेर सिधै ‘धार्मिक स्वतन्त्रता’ मात्र राख्नुपर्ने अडान लिएका थिए।

यही विषयमा कुरा नमिल्दा कार्यक्रमको ‘लाइभ’ भइरहेकै समयमा दुई नेताबिच केही बेर लफडा परेको थियो। विवाद बढ्दै जाँदा दुई नेताले निर्णय लेखिएको कागज नै एकापसमा खोसाखोस गरेको दृश्य मञ्चमा देखिएको थियो।

सभापति देउवाले यसअघि आफ्नो सम्बोधनमा पनि आफू व्यक्तिगत रूपमा हिन्दु भएको र सनातन धर्म मान्ने तर सबै धर्मलाई सम्मान गर्ने धारणा राखेका थिए ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर