सिजनको सुरुममै रियललाई झड्का, एथ्लेटिकोसँग खायाे हार
काठमाडौं । उपाधिकाे खडेरी ताेड्न उत्कृष्ट खेलाडी भित्र्याएकाे स्पेनिस पावर हाउस रियल मड्रिडले सिजनकाे सुरुमै हारकाे झड्का खाएकाे छ । एटलेटिको म्याड्रिडले स्पेनी ला लिगाको तनावपूर्ण डर्बीमा आइतबार रियल म्याड्रिडलाई २–१ ले हराएको हाे ।
प्रशिक्षकमा जोसे मउरिन्हो आएयता लिगमा रियलको यो दोस्रो हार हो र शीर्षमा रहेको बार्सिलोनासँग रियल अहिले नै छ अंकले पछाडि परेको छ ।
खेलको अन्त्यमा रियल दस खेलाडीमा सीमित रहेको थियो । डिन हाइसन रातो कार्डमा मैदान छाड्न बाध्य रहे ।
एटलेटिकोका लागि एलेजान्ड्रो ग्रिमाल्डो र जोनाथजन डाभिडले गोल गरे । रियलका तर्फबाट एन्टोनिओ रुडिगरले एक गोल फर्काए ।
जितले एटलेटिको भने दोस्रो स्थानमा उक्लिन सफल रह्यो । बार्सिलोना सात खेलबाट २१ अंकमा शीर्षमा छ भने उसको पछाडि एटलेटिको र रियल १६ अंकसहित तेस्राे स्थानमा छन् ।







प्रतिकृया दिनुहोस