• २०८३ असोज १० शनिबार
  • Saturday, 26 September, 2026

ट्रम्पले विमानसम्मै पुगेर सीलाई गरे न्यानाे स्वागत

एजेन्सी । तीन दिन अमेरिका भ्रमणका लागि चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। 

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले एन्ड्रयुजस्थित एयर बेसमै पुगेर सी र उनकी श्रीमती पेङ लियुआनलाई विशेष स्वागत गरेका छन्। 

उनीहरूलाई स्वागत गर्न राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प संयुक्त बेस एन्ड्रयुजको धावनमार्गमै पुगेका थिए। 

१९६२ पछि यसरी कुनै अमेरिकी राष्ट्रपतिले यस एयर बेसमा विदेशी नेतालाई व्यक्तिगत रूपमा स्वागत गरेको यो पहिलोपटक हो। जहाजबाट ओर्लिएपछि सी चिनफिङ र डोनाल्ड ट्रम्पले हात मिलाए हिँडे।

सीको स्वागतका लागि दुईवटा बी-१ बमवर्षक विमान माथिबाट उडाइए। अमेरिकी वायुसेना ब्यान्डले अमेरिका र चीन दुवैको राष्ट्रिय गान बजायो र दुवै देशका झण्डा फहराइयो।

यस क्रममा अमेरिकाका अर्थमन्त्री स्कट बेसेन्टले अमेरिका र चीनले नोभेम्बरमा समाप्त हुने व्यापार युद्धविराम जनवरी १० सम्म विस्तार गर्न सहमत भएको बताए।

बीबीसीका ह्वाइट हाउस संवाददाताका अनुसार सीलाई गरिएको यो भव्य स्वागतले ट्रम्पले यस भ्रमणलाई दिएको महत्त्व झल्काउँछ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर