• २०८३ असोज १२ सोमबार
  • Monday, 28 September, 2026

पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ, प्रहरी हिरासतमा

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई आइतबार पक्राउ गरेको हो । 

महाराजगञ्जस्थित निवासबाटै उनलाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ । 

अपराध महाशाखाका प्रमुख एसएसपी सन्तोष खड्काको टोलीले उनलाई निवासबाटै पक्राउ गरेको स्रोतले जानकारी दियो ।

उनी विरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको बताइएको छ । उजुरीको विवरण खुलेको छैन । 

उनी १७ पुस २०७५ मा प्रधानन्यायाधीश बनेका उनीविरुद्ध २०७८ फागुन १ गते महाअभियोग दर्ता भएको थियो । त्यसपछि उनी निलम्बनमा परेका थिए । 

 महाअभियोग लामो समयसम्म संसद्‌मा अलपत्र भएको थियो । संसद्‌को अधिवेशन नै समाप्त भएपछि तत्कालीन महासचिवले महाभियोग निष्क्रिय भएको पत्र लेखेका थिए । 

संसद् सचिवालयका तत्कालीन महासचिवको सफाइ पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो । २४ भदौमा सर्वोच्च अदालतको संवैधानिक इजलासले तत्कालीन प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगको औचित्य समाप्त भएको ठहर गर्दै रिट खारेज गर्ने फैसला सुनाएको थियो ।

प्रधानन्यायाधीश मनोजकुमार शर्माको नेतृत्वको संवैधानिक इजलासले यससम्बन्धी चार वटा रिट खारेज हुने फैसला सुनाएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर