संसदमा विपक्षीको प्रश्नः ‘प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्ति कहिले सचिन्छ?’
काठमाडौं । विपक्षी दलहरुले संघीय संसदमा प्रधानमन्त्री बालेन्द्र साहले बोलेका अभिव्यक्तिका विरुद्ध आवाज उठाउन छोडेको छैन । बुधबार श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेको छ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद अम्बिकादेवी सङ्ग्रौलाले प्रधानमन्त्रीले जेठ १७ गतेको दिएको सीमासम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरिन्।
प्रधानमन्त्रीको उक्त अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै हटाउन ढिलाइ गरेकोप्रति आपत्ति जनाइन्।







प्रतिकृया दिनुहोस