रंगशालामा मेसीको पक्षमा हुटिङ, अर्जेन्टिनाले बोलिभियालाई हरायो
काठमाडौं। आफ्नो मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले बोलिभियालाई हराएको छ । गएराति भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले बोलिभियालाई ४–० गोल अन्तरले पराजित गरेका हो ।
अर्जेन्टिनाको जितमा लाउटारो मार्टिनेज, निको पाज, राेमेराे र लाेपेजले एक एक गोल गरे ।
खेल अवधिभर सुपरस्टार लियोनल मेसीको पक्षमा रंगशालामा दर्शकहरुले हुटिङ गरेका थिए । तर उनी प्लेइङ ११मा थिएनन् ।
मेसीले राष्ट्रिय टिमबाट सन्यास घोषणा गरिसकेका छन् । उनी अर्जेन्टिनाका सर्वाधिक सफल खेलाडी हुन् ।







प्रतिकृया दिनुहोस