• २०८३ असोज १७ शनिबार
  • Saturday, 3 October, 2026

दाउन्नेमा मृतकको संख्या ६ पुग्यो, ५ को पहिचान

काठमाडौं । पूर्व–पश्चिम  राजमार्गअन्तर्गत दाउन्नेमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी अनिल पण्डितका अनुसार दुर्घटनामा मृत्यु भएका ६ जनामध्ये ५ जनाको पहिचान खुलेको छ भने एक जनाको पहिचान खुल्न बाँकी छ ।

पहिचान खुल्नेमा जाजरकोट भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्री, बाँकेको कोहलपुर नगरपालिका–३ का ३२ वर्षीय दिपेन्द्र केसी, बाजुराको स्वामीकार्तिक गाउँपालिकाका ६५ वर्षीय नरेन्द्रराज गिरी, बाँकेको कोहलपुर नगरपालिका–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी र नेपालगन्ज उपमहानगरपालिका–७ का २२ वर्षीय कृष कनौजिया रहेका छन् ।

पहिचान खुल्न बाँकी मृतक अन्दाजी ४०/४२ वर्षीय पुरुष रहेको प्रहरीले जनाएको छ ।

घाइतेलाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डन्डा र भरतपुर अस्पताल लगिएको छ ।

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा शनिबार बिहान ४ बजे नेपालगन्जबाट काठमाडौं आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको यात्रुवाहक बस पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

चालकले नियन्त्रण गुमाउँदा बस सडकबाट नालामा खसेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर