• २०८३ असोज १९ सोमबार
  • Monday, 5 October, 2026

आजको राशिफल:आफन्तहरू टाढिने तथा पति पत्नी बिच सामान्य मनमुटाबको सिर्जना हुनेछ

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अर्थ उपार्जनका विभिन्न स्रोतहरू जुट्ने हुनाले पछिसम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ । परिवारका साथ रहेर मिष्ठान्न भोजन लिने अवसर मिल्नेछ । तपाईँले सुरु गर्नुभएको कामको दाजुभाइ तथा छिमेकीबाट उच्च मूल्याङकन हुने ग्रहयोग रहेको छ । व्यापार तथा औद्योगिक क्षेत्रमा गरिने लगानीबाट नाफा कमाउन सकिनेछ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न रहनेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यवसायमा नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ । समयमा कामहरू सम्पन्न हुने तथा अरूको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि सकारात्मक नतिजा हात लागी हुने ग्रहयोग रहेको छ । तपाईँको लवाई ख्वाई देखेर सबै जना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अध्ययनमा सुधार भएर जानेछ भने अग्र पंतिमा तपाईँको नाम आउनेछ  । मेहनत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार, वित्तीय क्षेत्र तथा औद्योगिक क्षेत्रमा गरिएको लगानीबाट थोरै भए पनि नाफा कमाउन सकिनेछ । आम्दानीमा बढोत्तरीको योग रहेको छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) खर्च बढ्ने तथा आर्थिक व्यवस्थापन गर्न नजान्दा दिन प्रतिकुल बन्नेछ । आफन्त तथा अपरिचित व्यक्तिको विश्वास गर्नाले धोका पाइनेछ । स्वास्थ्यमा समस्या आउने तथा उपचार खर्च बढ्नेछ । तर पनि विदेशी सामानको व्यापार तथा विदेशी संस्थामा काम गर्नेहरूको लागी समय उत्तम रहेको छ । उपभोग्य वस्तु तथा औषधीजन्य  सामानको व्यापारबाट लाभ हुनेछ । अध्ययन तथा कामको लागी छोटो दुरीको यात्रा गर्न सकिनेछ ।
सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)  इमान्दार तथा लगनशील भएर लाग्नाले समाजमा राम्रा काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गरी सबैको ध्यान केन्द्रित गर्न सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । शिक्षा तथा वित्तीय क्षेत्रमा समय लगानी गर्नेहरूका लागी समय फलदायी रहेको छ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार व्यवसाय फस्टाएर जाने तथा व्यवसायकै सन्दर्भमा यात्रा हुनेछ । अध्ययनमा समय दिई आफ्नो विद्यालाई निखार्ने सकिनेछ । आटेका तथा चाहेका कामहरू गर्न सकिने तथा साथीभाइहरूको राम्रो सहयोग प्राप्त गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने घर परिवारमा तपाईँको कामदेखि सबै प्रसन्न हुनेछन् । सार्वजनिक पदमा बसेर सेवा प्रवाह गर्नेहरूले तपाईँको काम समयमा गरिदिने हुनाले समय र रुपैयाँ पैसाको बचत हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सामाजिक तथा परोपकारी काममा समय व्यातित हुनेछ । सरकारी स्तरबाट हुने कामहरू समयमा सम्पादन हुने हुनाले नयाँ काम गर्न जोस जाँगर आउनेछ । शिक्षा कै सवालमा लामो दुरीको यात्रा हुने प्रशस्त सम्भावना रहेको छ । आफन्त तथा घर परिवारका सदस्यहरूका साथ धार्मिक यात्रामा निस्कन सकिनेछ । अध्ययन तथा खोजमूलक काममा मन जाने योग रहेको छ । योग, ध्यान तथा धर्मकर्ममा मन जानेछ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्त तथा चेली माइती बिच मनमुटाब बढ्ने ग्रहयोग रहेको छ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्न सक्छ ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ । समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाइनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) औद्योगिक क्षेत्र तथा व्यापारमा लगानी गरी नाफा कमाउन सकिनेछ । बहुमूल्य धातु सङ्ग्रह गर्न सकिनेछ । शुभ चिन्तकहरूको सहयोग तथा सद्भाव पाइने हुनाले समयमा नै कामहरू सम्पन्न हुनेछन् । भौतिक सम्पत्ति तथा बिलासी वस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । बन्धु बान्धवहरूको सहयोग तथा समर्थन पाइने हुनाले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) विवाद तथा प्रतिस्पर्धामा तपाईँको जीत हुनेछ । पुराना समस्या तथा रोगहरू स्वतः हल भएर जानेछन् । आर्थिक अवस्था सुदृढ बनाउने चालिने कदमहरू स्वतः स्फूर्त रूपमा सकारात्मक दिशामा अगाडी बढ्नेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता हात लाग्ने योग रहेको छ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्न सकिने तथा जीवन साथीसँग रमाइलो यात्राको योग रहेको छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बौद्धिकताको प्रयोग गरी आफ्नो क्षमतालाई निखार्ने अवसर प्राप्त हुनेछ । मन परेको मानिसबाट छोटो दुरीको यात्राको अफर आउने तथा उपहार प्राप्त हुने योग रहेको छ । आफन्त तथा सन्तानबाट तपाईँले सुरु गरेको काममा सहयोग तथा समर्थन पाइनेछ । बैक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित कामबाट मनग्गे लाभ लिन सकिनेछ । राम्रा तथा सुखद समाचार सुन्न पाउँदा मन प्रसन्न हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आफन्तहरू टाढिने तथा पति पत्नी बिच सामान्य मनमुटाबको सिर्जना हुनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी समय मध्यम भएकोले जनताबाट आलोचनात्मक समर्थन पाइनेछ । व्यापार व्यवसायमा नाफा कमाउन निकै नै समय खर्चनु पर्नेछ । तर पनि कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी रुपैयाँ पैसा कमाउन सकिनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर