विश्वप्रकाशले भनेः संविधान संशोधन गणितको विषय मात्र होइन
काठमाडौँ । कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले बलियो सरकार र जिम्मेवार प्रतिपक्ष रहेको बेला देशलाई उपलब्धि मुलुक बनाउनुपर्ने बताएका छन् ।
कपितय मुद्दामा प्रतिपक्ष र सत्तापक्ष नभएर राष्ट्रियमा मुद्दामा साझा सहकार्य गर्नुपर्ने उनले औंल्याए । कांग्रेस १५ औं महाधिवेशनमा सम्बोधन गर्दै शर्माले राष्ट्रिय सहमतिले मात्र देशले लाभ प्राप्त गर्न सक्ने जनाए । जलवायु परिवर्तन, संविधान संशोधन, अर्थतन्त्र सुधार, विदेशमा रहेका नेपाली नागरिकका विषय र समाजिक सदभावका विषयमा साझा धारणा र पहल आवश्यक रहेको शर्माले जनाए ।
महाधिवेशनबाट उनले राष्ट्रिय प्रश्नमा साझा सहकार्य गरेर उपलब्धिमुलक बनाउन उनले राजनीतिक दलहरुलाई अपिल गरे । ‘जलवायु परिवर्तन मुद्दा, हिमालको रक्षा, कार्वन उत्सर्जन उत्पादन गर्ने तर ठुलो क्षति व्यहोर्नुपर्ने अवस्था छ । त्यसलाई न्यूनिकरण गर्न विश्व मञ्चमा आवाज उठाउन कांग्रेस सरकारको साथमा छ,’ उनले भने, ‘हिमताल र हिमालको नियमित अनुसन्धान गर्ने व्यवस्था मिलाउनुपर्छ ।’ जलवायु परिवर्तनको मुद्दा विश्व मञ्चमा उठाएर नेपालले राहत र क्षतिपूर्ति प्राप्त गर्न सबैले सहकार्य गर्नुपर्ने जनाए ।
संविधान संशोधनका विषयमा पनि राष्ट्रिय सहमति हुनुपर्नेमा उपसभापति शर्माले जोड दिए । ‘संविधान संशोधन गणितको विषय मात्र होइन । सबैको साझा दस्तावेज र अपनत्व हुनुपर्छ,’ उनले भने ।
२०६२/०६३ को जनआन्दोलन, मधेश आन्दोलन, जातजातिका आन्दोलनदेखि जेन-जी आन्दोलनसम्ममा मुद्दालाई समेट्नुपर्ने उनले सुझाव थिए । अर्थतन्त्र सुधार, विदेशमा रहेका नेपालीलाई देश विकासमा कसरी सहभागी गराउने विषय पनि साझा मुद्दा बन्नुपर्ने उनले जनाए ।
पछिल्लो समय सामाजिक सद्भाव बिग्रने अवस्था देखिएकाले त्यसलाई समाधान गर्न पनि सहकार्य आवश्यक रहेको औंल्याए । ‘धेरै धर्म, जाति, पार्टीका बीचमा सामाजिक सदभाव आवश्यक रहन्छ । समुन्नत नेपाल निर्माणमा हरेक वर्ग, समुदायलाई समेट्नुपर्नेछ,’ शर्माले भने ।







प्रतिकृया दिनुहोस