मेसीको भव्य बिदाइ, फुटबलमा एक स्वर्णिम युगको अन्त्य !
काठमाडौं । विश्वका नम्बर एक फुटबलर लियोनल मेसीलाई अर्जेन्टिनाले भब्य बिदाइ गरेको छ । अर्जेन्टिनाको १० नम्बर जर्सीबाट मेसीको बिदाइसँगै २० वर्ष्को एक स्वर्णिम युगको अन्त्य भएको छ ।
उनको बिदाइकै लागि आज भएको बेननविरुद्धको फेयरवेल खेलमा मेसीको एक पेनाल्टीसहित ३–० गोलको जित भयो ।
खेल अघि र खेल पछि ८५ हजारभन्दा धेरै मेसीका समर्थक उपस्थित भएकाे रंगशालामा विषेश सम्मानका कार्यक्रम आयाेजना गरिएका थिए । जहाँ मेसीले भावुक मन्तवय दिए भने मेसीप्रति भावुक बिदाइ र सम्मान दिइयाे ।
खेलको अन्त्यमा मेसी भावुक देखिए । पूरा खेल अवधिमै पनि उनी पूरा छाए । यसक्रममा उनले एक गोल गरे र अर्को दुई गोलमा सहयोगी भूमिका पनि निभाए । विश्वकप २०२६ को फाइनल उनको औपचारिक अन्तिम खेल रह्यो । त्यसमा अर्जेन्टिना स्पेनको हातबाट पराजित रहेको थियो ।
त्यसपछि अगस्टमा उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् । अब ३९ वर्षीय मेसीले अर्जेन्टिनाका लागि फेरि खेल्ने छैनन् र उनको २१ वर्षको यात्रामा अब पूर्णविराम लागेको छ । तर इन्टर मायामीका लागि उनको व्यावसायिक खेल जीवन भने कायम रहनेछ ।
बेनिनविरुद्ध अर्जेन्टिनाका लागि २ सय ८औँ पल्ट खेले र १ सय २६औँ गोल पनि गरे । सन्न्यास घोषणा गर्ने क्रममा मेसीले भनेका थिए, ‘मैले अर्जेन्टिनालाई सक्दो सबै दिएँ । अब केही दिन बाँकी छैनन् । अब टिमले नयाँ खेलाडीलाई मौका दिनुपर्छ ।’
बेनिनविरुद्धको खेल अगाडि अर्जेन्टिनी फुटबल संघले मेसीको विशेष कार्यक्रमबीच सम्मान पनि गरेको थियो । त्यस अवसरमा युनिभर्सिटी अफ ब्युनर्स आयर्सले उनलाई मानार्थ विद्यावारिधिको उपाधि पनि प्रदान गरेको थियो । मेसीले अर्जेन्टिनाका लागि एक विश्वकप उपाधि जिते भने अन्य दुई फाइनल पनि खेले ।
उनले दुई अवसरमा कोपा अमेरिकाको उपाधि पनि जिते । बार्सिलोनाका लागि खेल्ने क्रममा उनले ख्याति कमाएका थिए । उनले स्पेनी ला लिगा क्लबका लागि सन् २००४ देखि २०११ सम्म खेले । त्यसक्रममा उनले युरोपेली च्याम्पियन्स लिगदेखि स्पेनी ला लिगा सबै जिते । मायामी जान अगाडि उनले पेरिस सेन्ट जर्मेनबाट पनि खेले ।







प्रतिकृया दिनुहोस