प्रधानन्यायाधीशको कदमप्रति बारले उठायो प्रश्न
काठमाडौं । नेपाल बार एशोसिएशनले सर्वोच्च अदालतमा भएको न्यायाधीश सिफारिसमा वस्तुनिष्ठ आधार र पारदर्शिताको अभाव रहेको बताएको छ।
न्याय परिषदले चार जना न्यायाधीश सिफारिस गरेको विषयमा बुधबार बारले विज्ञप्ति जारी गर्दै यसबारे प्रश्न उठाएको हो।
बारले न्यायाधीश नियुक्ति गर्दा कानून व्यवसायीहरूको सम्मानजनक प्रतिनिधित्व सुनिश्चित गर्न माग राख्दै आएको थियो।
तर मंगलबार परिषदले कानुन व्यवसायीको कसैलाई पनि सिफारिस नगरी यो क्लस्टरलाई नै बेवास्ता गरेको बारको ठहर छ।
बारले स्वतन्त्र र निष्पक्ष न्यायपालिकाको लागि गोलबद्ध हुने बेला भएको पनि विज्ञप्तिमा उल्लेख छ।
‘न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षताको रक्षार्थ र जनआस्था अभिवृद्धिका लागि न्यायपालिकाको शुद्धिकरण र सुदृढीकरणको सवालमा सम्पूर्ण कानून व्यवसायीहरू, नागरिक समाज र सञ्चार जगत गोलबद्ध भई अगाडि बढ्नुपर्ने अवस्था पुन: सृजना भएको यस एसोसिएसनको ठहर छ,’ बारले भनेको छ।







प्रतिकृया दिनुहोस