च्याम्पियन्स लिगका खेलमा बार्साकाे प्रभाव वार्यनलाई झड्का, अरु कसले जिते? कसले हारे?
काठमाडौं । गएराति युरोपियन च्याम्पियन्स लिगका विभिन्न खेलहरु भए । जहाँ वार्यन म्युनिखले अप्रत्यासित नतिजा बेहोर्यो भने अन्य ठुला क्लबको प्रभाव कायम रह्यो ।
एक गोलले पछि परेको बार्सिलोनाले च्याम्पियन्स लिगमा गालातासारेलाई ४–१ ले पराजित गरेको छ।
इस्तानबुलमा बुधबार भएको खेलमा बार्सिलोनाको जितमा एन्थोनी गोर्डनले च्याम्पियन्स लिगमा क्लबका लागि पहिलो गोल गरे।
गालातासारेले घरेलु मैदानमा अग्रता लिए पनि बार्सिलोनाले दोस्रो हाफमा तीन गोल थप्दै सहज जित निकालेको हो।
खेलमा नियन्त्रण राख्दै सुरुवात गरेको बार्सिलोना गालातासारेको पहिलो प्रभावशाली आक्रमणमै पछि परेको थियो। राफेल लियाओले बायाँ भागबाट अघि बढाउँदै दिएको पासमा एलेक्सी बात्राकोभले प्रहार गरे। उनको प्रहार जोआओ क्यान्सेलोमा डिफ्लेक्ट हुँदै गोलमा परिणत भएपछि घरेलु टोलीले २८ औं मिनेटमा अग्रता लिएको थियो।
गालातासारेले त्यसको छ मिनेटपछि अग्रता दोब्बर पारेको थियो। बारिस अल्पर यिल्माजले भिक्टर ओसिमेनको हेडरलाई गोलमा परिणत गरे पनि भिएआर जाँचपछि अफसाइडका कारण गोलले मान्यता पाएन।
पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा क्यान्सेलोले बार्सिलोनालाई खेलमा फर्काए। दानी ओल्मोबाट आएको बलमा उनले उत्कृष्ट प्रहार गर्दै गोल गरेपछि पहिलो हाफ १–१ को बराबरीमा सकियो।
दोस्रो हाफमा बार्सिलोनाले आक्रामक खेल प्रस्तुत गर्यो। खेलको ५०औँ मिनेटमा लामिन यामालको क्रसमा फर्मिन लोपेजले हेडरमार्फत गोल गर्दै पाहुना टोलीलाई २–१ को अग्रता दिलाए।
त्यसको तीन मिनेटपछि यामालकै उत्कृष्ट व्यक्तिगत कौशलमा प्राप्त अवसरलाई गोर्डनले गोलमा परिणत गरे। बार्सिलोनाका लागि च्याम्पियन्स लिगमा उनको यो पहिलो गोल हो। उनले तीन दिनअघि मात्रै क्लबका लागि पहिलो गोल गरेका थिए।
खेलको अन्त्यतिर करिम अदेयेमीले बार्सिलोनाका लागि चौथो गोल थपे। यामालको क्रसमा गाब्रियल जेसुसले बल उपलब्ध गराएपछि अदेयेमीले पेनाल्टी क्षेत्रको बायाँ भागबाट प्रहार गर्दै गोल गरेका थिए।
प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा बार्सिलोनाले च्याम्पियन्स लिगका २८ खेलमा ८४ गोल गरिसकेको छ।
बुकायो साकाले गोल र असिस्ट दुवै गरेपछि आर्सनलले च्याम्पियन्स लिगमा लिलेलाई ३–० ले पराजित गरेको छ।
घरेलु मैदान एमिरेट्स स्टेडियममा बुधबार भएको खेलमा आर्सनलले दोस्रो हाफमा ७ मिनेटभित्र तीन गोल गर्दै जित निकालेको हो।
म्यानचेस्टर युनाइटेड एट्लेटिको मड्रिडसँग पराजित भएको छ। खेलको पहिलो मिनेटमै गोल बेहोरेको युनाइटेडले त्यसपछि पुनरागमन गर्न सकेन।
अडेमोला लुकम्यानले खेल सकिन ११ मिनेट बाँकी छँदा गोल गरेपछि एट्लेटिकोले २–० को जित निकालेको हो।
माइकल ओलिसले रातो कार्ड पाएपछि बायर्न म्युनिख च्याम्पियन्स लिगमा नर्वेजियन क्लब भाइकिङसँग ३–३ को बराबरीमा रोकिएको छ।
खेलको अन्तिम मिनेटमा हर्मान हाउगेनले गोल गरेपछि भाइकिङले बायर्नविरुद्ध ऐतिहासिक नतिजा निकालेको हो।
बायर्नले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै अग्रता लिए पनि अन्तिम समयमा सम्हालिन सकेन। ओलिसले दोस्रो हाफमा एक मिनेटभित्रै दुई पहेँलो कार्ड पाएपछि बायर्न १० खेलाडीमा सीमित भएको थियो।





प्रतिकृया दिनुहोस