• २०८३ असोज २९ बिहीबार
  • Thursday, 15 October, 2026

दशैंका लागि उपत्यकाबाट बाहिरिने बढे

काठमाडाैं। दशैंको फूलपाती नजिकिँदै गर्दा उपत्यकाबाट बाहिरिने सर्वसाधारणहरुको संख्या बढ्दै गएको छ ।

काठमाडौंको कलंकी, कोटेश्वर बल्खु लगाएतका स्थानमा घर फर्कने यात्रुहरुको चाप बढेको हो । उपत्यकाबाट बाहिरिने सर्वसाधारणको संख्या बढ्दा बिभिन्न राजमार्गमा सवारी चाप समेत बढेको छ । घटस्थापनादेखि बिहीबारसम्म साढे दुई लाख भन्दा बढि सर्वसाधारण उपत्यकाबाट बाहिरिएको उपत्यका ट्राफिक कार्यालयले जनाएको छ ।

दसैँमा यात्रा सहज बनाउन र ट्राफिक नियम पालना गराउन ट्राफिक प्रहरी परिचालन भएका छन् । चालकलाई सजग गराउन उनीहरूको कागजात चेक गर्ने, सवारीसाधनको अवस्था जाँच्ने काम निरन्तर भइरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी उपरीक्षक सुर्यबहादुर खडकाले जनकारी दिए।  

यस बर्ष १० लाख सर्वसाधारणले उपत्यका छाड्ने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर