हिमेशसँग मिलापत्रपछि छुटे पत्रकार किशोर श्रेष्ठ
काठमाडौं । पत्रकार किशोर श्रेष्ठ प्रहरी नियन्त्रणबाट छुटेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवं कलाकार हिमेश पन्तको निवेदनका आधारमा साइबर ब्युरोले शनिबार बिहान श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो।
साइबर ब्युरोमा दुवै जनाबिच भएको लामो छलफलपछि श्रेष्ठलाई छाडिएको साइबर ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए। ‘दुवै जनालाई छलफलका लागि बोलाएका थियौँ। सौहार्दपूर्ण वातावरणमा उहाँहरूबिच छलफल भयो। त्यसपछि यहाँबाट जानुभएको छ, अवस्थीले भने।
श्रेष्ठ सम्पादक रहेको जनआस्था साप्ताहिकले पन्तले अर्काको जग्गा कब्जा गरेको भन्दै समाचार सम्प्रेषण गरेको थियो। सो समाचारप्रति आपत्ति जनाउँदै पन्तले साइबर ब्युरोमा दिएको निवेदनका आधारमा प्रहरीले श्रेष्ठलाई ललितपुरको नख्खु, बागडोलस्थित उनकै घरबाट नियन्त्रणमा लिएको थियो।







प्रतिकृया दिनुहोस