• २०८३ कार्तिक १ शनिबार
  • Saturday, 17 October, 2026

लय गुमाउँदा नेपालले खायो क्यानडासँग हार

काठमाडौं । अर्जुन कुमाल बाहेक अन्य नेपालका ब्याटर जम्न नसक्दा नेपालले क्यानडाविरुद्धको सहज खेल गुमाउन पुगेको छ । आइसीसी लिग २ अन्तर्गतको खेलमा नेपाल क्यानडासँग पराजित भएको हाे। ओमानमा भएको खेलमा नेपाल क्यानडासँग २४ रनले पराजित भयाे।

महत्त्वपूर्ण खेलमा नेपाल पराजित भएको हो। लिग २ को अन्तिम ६ भित्र समेटिन अब नेपालले अन्तिम खेलमा ओमानलाई हराउनैपर्ने बाध्यता हुन्छ। 

क्यानडाले दिएको २५७ रनको लक्ष्य पछ्याएको नेपालले २३२ रनमा ४६ ओभरमा अलआउट भयो। 

नेपालका लागि ओपनर अर्जुन कुमालले सर्वाधिक ८७ रन बनाए। त्यस्तै आशिफ शेख २०, इशान पाण्डे २१, रोहित पौडेल १८, दीपेन्द्र सिंह ऐरी २७, गुल्शन झा २१ र करण केसी १७ रनमा अविजित रहे।

त्यसअघि टस जितेर ब्याटिङ गरेको क्यानडाका लागि युवराज शर्माले १०५ रन बनाएका थिए। 

नेपालका लागि ललित राजबंशीले ४ कप्तान सन्दीपले ३ दीपेन्द्रसिंहले २ तथा राेहित पाैडेलले एक विकेट लिएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर