आज नवमीको राशिफल : यात्रा, खानपान, मनोरञ्जनमा समय व्यतीत हुने
मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ):
यात्रा, खानपान तथा मनोरञ्जनमा समय खर्च हुनेछ। छोटो दूरीको धार्मिक तथा शैक्षिक यात्रा हुन सक्छ। सानो लगानी गर्दा पनि व्यापार-व्यवसाय फस्टाएर जानेछ भने दैनिक उपभोग्य र औषधिजन्य सामानको कारोबारमा वृद्धि हुनेछ। मायाप्रेमको गाँठो कसिलो हुनुका साथै घरपरिवार तथा आफन्तबाट भनेजस्तो सहयोग पाइनेछ। पारिवारिक मिलनले मन प्रसन्न रहनेछ।
वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो):
मायाप्रेममा नजिक हुन सकिनेछ भने आफन्तबाट पूर्ण सहयोग मिल्नेछ। लामो दूरीको यात्रा तय हुन सक्छ। उपभोग्य वस्तु तथा औषधिजन्य सामानको व्यापारमा बढोत्तरी हुने योग रहेको छ। यात्रा, मनोरञ्जन तथा खानपानमा समय व्यतीत हुनेछ।
मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा):
स्वास्थ्य सामग्री तथा उपभोग्य वस्तुको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ। भौतिक सम्पत्ति तथा मानव निर्मित वस्तुहरू प्राप्तिको गतिलो योग रहेको छ। लामो समयदेखि भेट नभएका मित्रहरूसँग भेटघाट हुनेछ। मायाप्रेममा आत्मीयता बढ्नेछ भने रमाइलो यात्राको तय हुनेछ। खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ।
कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो):
पुराना रोग तथा ऋणबाट मुक्त भई नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। उपभोग्य वस्तु तथा औषधिजन्य सामानको व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ र परिवारका आवश्यकताहरू पूरा गर्न सकिनेछ। तपाईंको खुट्टा तान्ने तथा कुरा काट्नेहरू नै तपाईंको प्रशंसा गर्दै हिँड्नेछन्। खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ।
सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे):
काममा ध्यान केन्द्रित हुनाले आफूले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ। आफन्त तथा गुरुजनहरूको सुझावलाई शिरोधार्य गर्दै अगाडि बढ्न सकिनेछ। मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति पाउने योग रहेको छ भने प्रेममा सामीप्यता बढेर जानेछ। सन्तान, छोराछोरी तथा आफन्तसँग रमाइलो यात्रा तय गर्न सकिनेछ। व्यापारमा लगानी गरी आर्थिक अवस्था सुधार्न सकिने समय छ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो):
मिहिनेतले प्रतिष्ठित काम गर्ने अवसर जुराउनेछ। सन्तान तथा छोराछोरीले प्रगति गर्ने हुनाले मन प्रसन्न रहनेछ। औषधिजन्य तथा खाद्यान्नमा गरेको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ। मायाप्रेमको गाँठो कसिलो भएर जानेछ। जीवनसाथीले तपाईंको काममा सहयोग गर्ने हुँदा समयमा नै काम सक्न सकिनेछ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते):
पुराना समस्याहरूलाई केही समय दिएर समाधान गर्न सकिनेछ। उपभोग्य वस्तु तथा औषधिजन्य सामानको व्यापार-व्यवसाय फस्टाएर जानेछ। छोटो तथा रमाइलो यात्राको तय हुनेछ भने यात्राका क्रममा रमाइला तथा मन मिल्ने साथीभाइहरूसँग भेट हुनेछ। प्रणय सम्बन्धमा सुधार आउनेछ भने एकअर्काको सहयोगले खोजमूलक विषयमा मन जानेछ। आमा तथा आफन्तको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ।
वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू):
आफ्ना समस्याहरू परिवार तथा आफन्तले बुझ्ने हुँदा काम गर्न सहज हुनेछ। थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ भने बोलीको प्रभाव बढ्ने हुँदा महत्त्वपूर्ण निर्णयहरू गर्न सकिनेछ। मायाप्रेममा विश्वास बढ्नेछ भने जीवनसाथीको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ। उपभोग्य तथा औषधिजन्य सामानको व्यापार फस्टाएर जाने हुनाले थप लगानीको वातावरण बन्नेछ। पारिवारिक मिलन तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे):
आफूसँग भएका स्रोत-साधनहरूलाई सही रूपमा परिचालन गरी आम्दानी बढाउन सकिनेछ। कुनै पनि विषयमा समयमा नै निर्णय लिन सक्दा मानसम्मानमा वृद्धि भएर जानेछ। प्रेममा आत्मीयताको भाव झल्कनेछ भने साथीभाइहरूसँगै रहेर मीठो भोजन गर्ने तथा रमाइलो गर्ने अवसर जुर्नेछ। यात्रा तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ।
मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी):
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। शत्रुहरू किनारा लाग्नेछन्। सङ्घर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। राम्रा तथा विलासिताका वस्तुहरूको प्रयोगमार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ। पढाइलेखाइमा मन जाने हुनाले अरूभन्दा राम्रो नतिजा ल्याउन सकिनेछ।
कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा):
परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा विशेष ध्यान दिनुहोला, सामान्य स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ। आफ्नै लापरबाहीका कारण पढाइलेखाइ बिग्रन सक्छ, ध्यान दिनुहोला। बन्दव्यापारमा प्रशस्त समय लगानी गरे पनि प्रतिफल न्यून आउने हुनाले मन दुःखी हुनेछ। यद्यपि, यात्रा, खानपान, मनोरञ्जन तथा पारिवारिक मिलनमा समय व्यतीत हुनेछ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची):
लाभ स्थानमा गोचर गर्ने चन्द्रमाले औषधिजन्य तथा उपभोग्य क्षेत्रमा गरिएको लगानीबाट मनग्गे नाफा कमाउन सकिनेछ भने प्राकृतिक स्रोत-साधनको प्रयोग गर्न पाइने योग रहेको छ। पैतृक धन तथा सम्पत्ति हातलागी हुनेछ। प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै आफ्नै पोल्टोमा नतिजा ल्याउन सकिनेछ। प्रेममा सामीप्यता बढेर जाने ग्रहयोग रहेको छ। यात्रा, खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ।




प्रतिकृया दिनुहोस