• २०८३ कार्तिक ८ शनिबार
  • Saturday, 24 October, 2026

आजकाे राशिफलः लाभहानि बराबरी रहने खालको दिन छ

मेष: नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। यात्रामा मालसामान हराउन सक्छ। मनमा दुबिधा उत्पन्न हुनेछ। पारिवारिक उल्झनमा परी आँटेको काम बिग्रनेछ। चोटपटकको भय रहेकाले सचेत रहनुहोला।

भाग्यशाली रङ रातो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

वृष: प्रसन्नतापूर्वक समय व्यतीत हुनेछ। प्रेम प्रसङ्गमा सफलता मिल्नेछ। राजनीतिक, सामाजिक र धार्मिक कार्यमा रुचि बढ्नेछ। दाम्पत्य जीवनमा मधुरता छाउनेछ। वैदेशिक क्षेत्रको अधुरो काम अघि बढ्नेछ।

भाग्यशाली रङ निलो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ५१, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

मिथुन: समग्रमा दिन सकारात्मक छ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। मित्र वर्ग वा हितैषीबाट भरपुर सहयोग रहनेछ। अधुरा कार्य पूरा हुने तथा रमाइलो यात्राको योग छ। ‘इमानदारिता नै उन्नति हो’ भन्ने मन्त्र मनन गर्नुहोला।

भाग्यशाली रङ कालो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। निलो रङको प्रयोग नगर्ने।

कर्कट: विशिष्ट व्यक्तिको साथ र सहयोग पाइनेछ। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। घरमा अतिथिको आगमन हुनेछ। इनाम र प्रतिष्ठा कमाउने बेला छ। रमाइलो यात्राको सम्भावना छ। नयाँ व्यक्तिसँग भेटघाट होला।

भाग्यशाली रङ सेतो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

सिंह: काम बिगार्नेहरू सक्रिय रहन सक्छन् र नियमित खर्च बढ्नेछ। अनावश्यक ठाउँमा धन खर्च होला। आलस्य तथा थकानको अनुभूति हुनेछ। बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु उचित हुन्छ। वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। छलकपट नगर्ने।

कन्या: नयाँ जिम्मेवारी पाइएला। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। खेलकुद र साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। स्वास्थ्य मापदण्डको ख्याल गर्नु पर्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ७१, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

तुला: एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। पुरानो समस्या सुल्झाउन सकिनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। प्रेमीले तपाईँको विचारलाई समर्थन गर्नेछन्।

भाग्यशाली रङ पर्पल र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ५९, वैदेशिक कार्यमा ५४ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। छलकपट नगर्ने।

वृश्चिक: धार्मिक यात्राको योग छ। दौडधुप गर्नुपरे पनि लाभ नै हुनेछ। नजिकका व्यक्तिबाट आँटेको काम सफल हुनेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। मन्त्र- नयाँ सोचले नयाँ ढोका खोल्छ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५०, वैदेशिक कार्यमा ६३ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ६७ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दानपुण्यको काम गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु: धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। मनोरञ्जनात्मक कार्यक्रममा सहभागी भइनेछ। प्राविधिक काममा बढी सफलता मिल्ला। पुँजी बजारमा लगानी गर्दा सफलताको अवसर जुट्नेछ। नयाँ काममा हात हाल्ने समय छ।

भाग्यशाली रङ निलो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ५५, वैदेशिक कार्यमा ५१ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

मकर: सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। परदेशमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ। क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ। वैदेशिक कामबाट सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।

भाग्यशाली रङ रातो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ७१, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

कुम्भ: लाभहानि बराबरी रहने खालको दिन छ। बोलीको विपरीत अर्थ लाग्न सक्छ, अतः संयम रहनुहोला। घरपरिवारमा झैझमेलाको अवस्था आउला। धार्मिक कार्यमा मन जानेछ।

भाग्यशाली रङ हरियो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ७५, वैदेशिक कार्यमा ६१ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

मीन: उत्साहपूर्ण यात्रा रहनेछ। नयाँ पद, प्रतिष्ठा, वस्त्र र अलंकार प्राप्ति हुनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। न्यायिक कार्यमा सफलता मिल्ने र बौद्धिकताको विकास हुनेछ। प्रणय प्रसङ्गका लागि श्रेष्ठ समय छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर