एल क्लासिकोमा रियलले बदला लियो, एमबाप्पेको २ गोल
काठमाडौं। स्पेनिस लिगका दुई चर्चित टिम रियल मड्रिड र बार्सिलोनाबीचको भिडन्त एल क्लासिकोमा रियलले बाजी मारेको छ ।
केलियन एमबापेको दुई गोलको मदतले जोसे मोउरिन्होको रियल म्याड्रिडले आइतबार बार्सिलोनालाई २–१ ले हराएको हाे ।
क्याम्प नुमा भएको खेलमा एमबापेले ४१ र ८७ औं मिनेटमा गोल गरे र रियलले अंक तालिकाको शीर्ष रहेको बार्सिलोनासँगको दूरी तीन अंकमा छोट्याएको छ ।
बार्सिलोनाका लागि राफिन्हाले एक गोल फर्काए । यस सिजनको घरेलु फुटबलमा बार्सिलोनाको यो पहिलो हार हो । यस्तै बार्सिलोनाको यो लगातार दोस्रो हार हो । यसअघि बार्सिलोना युरोपेली च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग पनि पराजित भएको थियो ।
प्रशिक्षकमा हान्सी फ्लिक आएयता बार्सिलोनाले यसअघिका सातमध्ये छ एल क्लासिको जितेको भएता पनि यसपल्ट भने आफ्नै घरमा पराजित रह्यो ।
यो नतिजापछि बार्सिलोना २७ अंकमा शीर्षमा कायम रह्यो भने रियल २४ अंकमा तेस्रो स्थानमा छ ।







प्रतिकृया दिनुहोस