आनीको खातामा कहाँबाट आएकाे थियाे १६ लाख अमेरिकी डलर?
काठमाडाैं । नक्कली बाबु खडा गरेर नेपाली नागरिकता लिएको र सम्पत्ति शुद्धीकरणसम्बन्धी पुरानै आरोपको निरूपण नहुँदै लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मालाई गरिएको नियुक्ति विवादमा परेको छ । विगतमा रोकिएको यससम्बन्धी छानबिन सुरु र नियुक्ति बदरको माग गर्दै स्थानीयदेखि जेन–जी अगुवासमेतले विरोध थालेका छन् भने विपक्षी दलले समेत नियुक्तिमा प्रश्न उठाएका छन् ।
३० असोजमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई कोषको उपाध्यक्षमा नियुक्त गरेको थियो । नियुक्ति दुई कारणले विवादमा परेको छ । पहिलो– नियुक्ति प्रक्रियामा अपारदर्शिता । दोस्रो– उनको नागरिकता र सम्पत्ति शुद्धीकरणसम्बन्धी अधुरो अनुसन्धानको विषय ।
कोषको उपाध्यक्ष पदका लागि १०४ जनाले आवेदन दिएका थिए । खुला प्रतिस्पर्धा भनिए पनि अनुभव र योग्यताको मूल्यांकन नै नगरी पदका लागि अनुभव नै नभएकी आनीलाई नियुक्त गरिएकोमा प्रश्न उठेको छ । खुला प्रतिस्पर्धा भने पनि पहुँचका आधारमा उनको नियुक्ति गरिएको लुम्बिनी अगुवाहरूको आरोप छ ।
उनको नागरिकता र सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा गम्भीर उजुरीहरू पनि अनुसन्धानबाट टुंगिएका छैनन् । उनले १८ जेठ ०४६ मा कान्छाबहादुर लामालाई आफ्नो बुवा मानेर वंशजको नागरिकता लिएकी थिइन् । छोइङ डोल्मा लामा मोक्तानको नाममा नागरिक लिँदा नक्कली बुवा खडा गरिएको आरोप छ । तत्कालीन चपली भद्रकाली– ६ स्थायी ठेगाना देखाएर उनले नागरिकता लिएकी थिइन् । आनीले आफ्ना आमा–बुवा तिब्बती भएको आफ्नो पुस्तक ‘फूलको आँखामा’मा उल्लेख गरेकी छिन् । सो आधारमा उनले कसरी वंशजको नेपाली नागरिकता पाइन् भन्ने प्रश्न छ । यस विषयमा ०७६ मै प्रहरीमा उजुरी परे पनि विस्तृत अनुसन्धान भएको छैन । प्रहरीले त्यसवेला उनको नागरिकताको विवरण जिल्ला प्रशासन कार्यालय, काठमाडौंसँग मागेको थियो । तर, अनुसन्धान पूरा नभएको प्रहरी स्रोत बताउँछ । ‘विवरण माग भएलगत्तै यसमा थप अनुसन्धान नगर्नु भन्ने आदेश आएको थियो,’ काठमाडौं परिसरका तत्कालीन एक अधिकारीले बताए । त्यसबेला सोधपुछको क्रममा कान्छाबहादुरका आफन्तले आनी उनको छोरी नभएको बताएका थिए ।
त्यस्तै, उनको बैंक खातामा आएको शंकास्पद १६ लाख अमेरिकी डलरबारे पनि छानबिन भएको थियो । जुन रकमलाई राष्ट्र बैंकले नै शंकास्पद मानेर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई छानबिन गर्न पत्राचार गरेको थियो । उक्त छानबिन पनि दबाबको भरमा रोकेर खाता फुकुवा गरियो । जुन विषयमा अहिले पनि अनुसन्धान हुन सक्ने विभागका अधिकारी बताउँछन् । आनीको मेगा बैंक(हाल इन्भेष्टमेन्ट मेगा)मा रहेको खाता नम्बर ००१००५००३९४२४ मा ०७५ को असार २६, २७ र २८ गते हङकङबाट स्रोत नखुलेको डलर आएको थियो । २६ असारमा पाँच लाख ७९ हजार ९८०, २७ असारमा पाँच लाख ३९ हजार ९८० र २८ असारमा पाँच लाख २९ हजार ९८० अमेरिकन डलर आएको थियो । सो डलर शंकास्पद भएको भन्दै खाता रोक्का राखेर अनुसन्धानका लागि नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार भएको थियो । अनुसन्धान चलिरहेकै वेला रकमको चित्तबुझ्दो स्रोत देखाउन नसके पनि उच्चस्तरबाट आएको दबाबपछि अनुसन्धान तामेलीमा राखिएको विभागका तत्कालीन एक अधिकारी बताउँछन् । विगतमा पनि उनले त्यसरी धेरैपटक स्रोत नखुलेको सम्पत्ति ल्याएको विभागको छानबिनमा खुलेको थियो ।
आनीले भने सामाजिक कामका लागि आफूलाई विदेशबाट सहयोग आएको बताएकी छिन् । तर, समाज कल्याण परिषद्को अनुमतिमा मात्र यसरी सहयोग ल्याउन पाइने भए पनि उनले व्यक्तिगत खातामार्फत यस्तो पैसा ल्याउने गरेकाले त्यसलाई राष्ट्र बैंकले शंकास्पद भनेको थियो । यिनै विषयमा अहिले छानबिनको माग भएको हो । आनीले भने यी विषय छानबिनबाट टुंगिसकेको बताएकी छिन् तर आफ्नो नागरिकता र कारोबारको पारदर्शीताबारे प्रमाण दिन सकेकी छैनन् ।
उनको नियुक्ति खारेजको माग गर्दै लुम्बिनी बचाऊ महाअभियानले लुम्बिनीमा निरन्तर आन्दोलन गर्दै आएको छ । दबाबमा परेको सरकारले महाअभियानका संयोजक अक्रम खानसहित दुईजनालाई मध्यरातमा पक्राउ गरेको गरेको थियो । यता, राष्ट्रिय जेन–जी नागरिक अभियान, तामाङ नागरिक समाज, लुम्बिनी विकास कोष तथा गुम्बा विकास बचाऊ संयुक्त समितिलगायतले सोमबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका थिए । त्यस्तै, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि प्रश्न उठाएको छ ।
आनीलाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध आन्दोलन गर्दै आएको लुम्बिनी बचाऊ महाअभियानका संयोजक अक्रम खानसहित दुईजनालाई प्रहरीले मध्यरातमा पक्राउ गरेको छ । मन्त्रीको पुत्ला जलाएको आरोपमा सोमबार राति पक्राउ गरिएका खानलाई सडक अवरुद्ध हुने गरी विरोधका कार्यक्रम नगर्ने सर्तमा १५ घण्टापछि मंगलबार रिहा गरिएको छ । नियुक्तिविरुद्ध उठेका प्रश्नको जवाफ दिनुको सट्टा आन्दोलनकारीलाई नियन्त्रणमा लिएर आवाज दबाउन खोजिएको भन्दै अभियानले आपत्ति जनाएको छ । सार्वजनिक शान्ति कायम गर्नु प्रहरीको जिम्मेवारी भए पनि शान्तिपूर्ण विरोधलाई नियन्त्रण गर्ने नाममा असहमतिको आवाज दबाउन खोजिएको हो कि होइन भन्ने प्रश्नको जवाफ राज्यले दिनुपर्ने अभियानको भनाइ छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको राजीनामा माग गर्दै सोमबार साँझ लुम्बिनीको पर्साचोकमा पुत्ला दहन गरेपछि खानसहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेमा लुम्बिनी सांस्कृतिक नगरपालिका– ९, पिपराका बाजिउद्दिन मुसलमान पनि छन् । इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्स्पेक्टर होमनाथ रेग्मीले सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्याएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको बताए । ‘सडक अवरुद्ध हुने गरी आन्दोलन नगर्ने सर्तमा छोडिएको छ,’ उनले भने ।
तर, महाअभियानका संयोजक खानले आफूलाई मध्यरातमा सुतिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको बताए । ‘मध्यरातमा सुतिरहेको वेला प्रहरी आएर जे पनि हुन सक्छ भन्दै नियन्त्रणमा लिएको थियो । दिउँसो सडक अवरुद्ध हुने गरी गतिविधि नगर्ने सर्तमा १५ घण्टापछि छाडेको छ,’ उनले भने ।
आनीको नियुक्तिविरुद्ध लुम्बिनी बचाऊ महाअभियानको अगुवाइमा सोमबार लुम्बिनीमा भएको प्रदर्शन । प्रदर्शनकारीले पर्यटनमन्त्री खडकराज पौडेल ‘गनेस’को पुत्लासमेत जलाएका थिए ।
आनीलाई नियुक्ति गर्ने मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएसँगै स्थानीय तथा विभिन्न क्षेत्रका व्यक्तिले नियुक्ति प्रक्रिया, योग्यता र उनको विगतबारे प्रश्न उठाउँदै आएका छन् । लुम्बिनी बचाऊ महाअभियानले सुरुमा विकास कोष परिसरमा पत्रकार सम्मेलन गरी नियुक्ति सच्याउन माग गरेको थियो । त्यसपछि आमसभा, विरोध प्रदर्शन र मन्त्रीको पुत्ला दहनलगायत कार्यक्रम गर्दै आएको छ ।
महाअभियानले आनीको नागरिकतासम्बन्धी विवाद र आर्थिक कारोबारको स्रोतबारे प्रश्न उठाउँदै निष्पक्ष छानबिनको माग गरेको छ । नियुक्ति सच्याउन सरकारलाई आग्रह गर्दा सुनुवाइ नभएपछि पर्यटनमन्त्रीको पुत्ला दहन गर्नुपरेको अभियानले जनाएको छ । ‘हामीले उपाध्यक्षको कार्यालयअघि कालो ब्यानर टाँगेर विरोध प्रदर्शन गर्दै लुम्बिनी क्षेत्रमा आनी छोइङ डोल्मालाई प्रवेश निषेधको घोषणा गरेका छौँ,’ अभियानका सहसंयोजक मेघनाथ आचार्यले भने ।
नियुक्तिविरुद्ध काठमाडौंको माइतीघरमा पनि सोमबार विभिन्न संघसंस्थाले प्रदर्शन गरे । राष्ट्रिय जेन–जी नागरिक अभियान, तामाङ नागरिक समाज, लुम्बिनी विकास कोष तथा गुम्बा विकास बचाऊ संयुक्त समितिलगायतले विरोध प्रदर्शन गरेका हुन् ।
आनीको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी कांग्रेसले पनि प्रश्न उठाएको छ । महामन्त्री प्रदीप पौडेलले गलत निर्णय सच्याउन सुझाव दिएका छन् । ‘आनी छोइङ डोल्माको नागरिकता र आर्थिक कारोबारबारे सार्वजनिक रूपमा प्रश्न उठेका छन् । ती प्रश्नको जवाफविना सरकारले न नियुक्तिको औचित्य पुष्टि गर्न सक्छ, न छनोटका आधार बताउन सक्छ,’ पौडेलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘सरकारलाई मेरो विरोध होइन, सुझाव छ । राति–राति जाग्ने यस्तो अहंकारलाई शासन भनिँदैन, सनक भनिन्छ । गलत निर्णय भएको छ, सच्याउने साहस देखाउनुस्, प्रश्न उठाउनेहरूलाई तर्साउने होइन ।’
नियुक्तिको विरोध गर्ने नागरिकलाई थुनेको विषयमा पनि उनले आलोचना गरेका छन् । पौडेलले थप भनेका छन्, ‘लुम्बिनी बुद्धको जन्मस्थल मात्र होइन, नेपालको अन्तर्राष्ट्रिय पहिचान, धार्मिक आस्था र सांस्कृतिक गौरवसँग जोडिएको सम्पदा हो । यस्तो महŒवपूर्ण संस्थाको नेतृत्वमा नियुक्ति गर्दा लोकप्रियता मात्र पर्याप्त हुँदैन । योग्यता, संस्थागत क्षमता, सार्वजनिक विश्वसनीयता, नैतिक चरित्र र जवाफदेहिता पनि हेर्नैपर्छ ।’ नेकपा (एमाले)का नेताहरू सूर्य थापालगायतले पनि नियुक्तिको आलोचना गरेका छन् ।
नियुक्ति विवाद चर्किरहेका वेला आनी छोइङ डोल्माले आफ्नो नियुक्तिको विरोध गर्नेहरूलाई लक्षित गर्दै दिएको ‘मासुभातमा बिकेको’ आशयको अभिव्यक्तिले विवाद थप बढाएको छ ।
सोमबार भिडियो सन्देश जारी गर्दै उनले नियुक्तिविरुद्धको आलोचनालाई चाडपर्वमा मासुभात खाएर गरिएको विरोधका रूपमा अर्थ्याएकी थिइन् । सम्पत्ति शुद्धीकरणको विषयमा पहिले नै छिनोफानो भइसकेको उनको दाबी थियो ।
तर, महाअभियानले उठाएका प्रश्नको जवाफ दिनुको सट्टा आन्दोलनकारीलाई मासुभातमा बिकेको भन्नु लुम्बिनीवासीका लागि दुःखद भएको सहसंयोजक मेघनाथ आचार्यले बताए । अभियानले नियुक्तिको औचित्य, नागरिकता र आर्थिक कारोबारबारे उठेका प्रश्नमा स्पष्ट जवाफ दिनुपर्ने माग गरेको छ ।
आचार्यले आनीको आत्मकथामा आफू तिब्बती शरणार्थी परिवारमा जन्मिएको उल्लेख रहेको दाबी गर्दै नागरिकतासम्बन्धी विवाद स्पष्ट पार्नुपर्ने बताए । उनको नागरिकताबारे उठेका प्रश्न सत्य नभए सार्वजनिक रूपमा सच्याउनुपर्ने र विकिपिडियामा रहेको जीवनीमा आफूलाई तिब्बती आनी भनिएको विषयमा पनि स्पष्ट पार्नुपर्ने अभियानको माग छ ।
आनीले १८ जेठ ०४६ मा कान्छाबहादुर लामालाई आफ्नो बुवा मानेर वंशजको नागरिकता लिएकी थिइन् । छोइङ डोल्मा लामा मोक्तानको नाममा नागरिक लिँदा नक्कली बुवा खडा गरिएको आरोप छ । तत्कालीन चपली भद्रकाली– ६ स्थायी ठेगाना देखाएर उनले नागरिकता लिएकी थिइन् ।
आनीले आफ्ना आमा–बुवा तिब्बती भएको आफ्नो पुस्तक ‘फूलको आँखामा’मा उल्लेख गरेकी छिन् । सो आधारमा उनले कसरी वंशजको नेपाली नागरिकता पाइन् भन्ने प्रश्न छ । यस विषयमा ०७६ मै प्रहरीमा उजुरी परे पनि विस्तृत अनुसन्धान भएको छैन । प्रहरीले त्यसवेला उनको नागरिकताको विवरण जिल्ला प्रशासन कार्यालय, काठमाडौंसँग मागेको थियो । तर, अनुसन्धान पूरा भएको छैन ।
आनीको बैंक खातामा आएको शंकास्पद १६ लाख अमेरिकी डलरबारे पनि छानबिन भएको थियो । जुन रकमलाई राष्ट्र बैंकले नै शंकास्पद मानेर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई छानबिन गर्न पत्राचार गरेको थियो । उक्त छानबिन पनि दबाबको भरमा रोकेर खाता फुकुवा गरियो । जुन विषयमा अहिले पनि अनुसन्धान हुन सक्ने विभागका अधिकारी बताउँछन् ।
आनीको मेगा बैंक (हाल इन्भेष्टमेन्ट मेगा)मा रहेको खाता नम्बर ००१००५००३९४२४ मा ०७५ को असार २६, २७ र २८ गते हङकङबाट स्रोत नखुलेको डलर आएको थियो । २६ असारमा पाँच लाख ७९ हजार ९८०, २७ असारमा पाँच लाख ३९ हजार ९८० र २८ असारमा पाँच लाख २९ हजार ९८० अमेरिकन डलर आएको थियो ।
सो डलर शंकास्पद भएको भन्दै खाता रोक्का राखेर अनुसन्धानका लागि राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गरेको थियो । नयाँ पत्रिकाबाट






प्रतिकृया दिनुहोस