फेरि अर्को चक्रवातकाे माैसम बिगार्ने, आन्ध्र प्रदेश आईपुग्यो प्रभाव
काठमाडौं । केहीदिन यता सुधार भएकाे माैसमा फेरि झरी पर्ने देखिएकाे छ । बंगालको खाडीमा विकसित नयाँ मुरासु चक्रवातले नेपालकाे माैसम प्रणालीमा पनि प्रभाव पारेकाे हाे । मुरासु चक्रवात भारतको आन्ध्र प्रदेशमा प्रवेश गरेको छ।
भारतको मौसम विभागका अनुसार सोमबार बिहान ४ बजेसम्ममा चक्रवातले आन्ध्र प्रदेशको तटीय क्षेत्र पूर्ण रूपमा पार गरिसकेको छ। यो चक्रवात गएराति १ बजे नेल्लोर र नरसापुरको बिचमा अवतरण भएको थियो।
आन्ध्रका तटीय क्षेत्रहरूमा १०० देखि ११० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ।
आन्ध्र प्रदेशका तीन विमानस्थलमा १९ उडान रद्द गरिएका छन्। चेन्नई विमानस्थलमा पनि एघार उडान रद्द गरिएका छन्। पाँच राज्यमा ३७ वटा एनडीआरएफ टोली खटाइएको छ, जसमध्ये १३ वटा आन्ध्र प्रदेशमा छन्।
ओडिसा सरकारले गंजम, गजपति, रायगडा, कोरापुट र मलकानगिरी जिल्लाहरूबाट १.६ लाख मानिसलाई सुरक्षित स्थानमा सारेको छ।
आँधीले मध्य प्रदेश, छत्तीसगढ, केरला, तेलंगाना, कर्नाटक र महाराष्ट्रलाई पनि असर गर्ने अनुमान गरिएको छ।
उक्त चक्रवातले यता नेपालमा के कस्तो असर पार्छ भन्ने विषयमा मौसम पूर्वानुमान महाशाखाले अर्को अद्यावधिक जानकारी दिइसकेको छैन।
मौसम महाशाखाले गत आइतबार साँझ जारी गरेको ‘चक्रवात मुरासु विशेष मौसम बुलेटिन’मा भने ‘हालसम्मको विश्लेषणअनुसार उक्त मौसम प्रणालीका कारण नेपालको मौसममा उल्लेखनीय प्रभाव पर्ने सम्भावना देखिएको छैन। नेपाल मौसम विज्ञान विभागले उक्त मौसम प्रणालीको निरन्तर अनुगमन गरिरहेको छ र आवश्यकताअनुसार थप सूचना अद्यावधिक गर्दै जानेछ’ भनिएको थियो।
गत बुधबार आएको ‘अर्नब’ चक्रवातले आन्ध्र प्रदेशको तटीय क्षेत्रमा भारी वर्षा गराउँदा कम्तीमा तीन जनाको मृत्यु भएको थियो।
मौसम विभागले तीव्र हावाले कमजोर घरमा क्षति पुर्याउन, छाना उडाउन र रूख ढाल्न सक्ने चेतावनी दिएको छ। यसबाट खेतमा रहेका बाली, फलफूलका बगैँचा तथा अन्य कृषि उत्पादनमा समेत क्षति पुग्न सक्छ।
बङ्गालको खाडी र उत्तरी हिन्द महासागर क्षेत्रमा चक्रवात नियमित जोखिमका रूपमा रहने गरेका छन्।
उत्तरी अटलान्टिकमा यस्ता आँधीलाई हरिकेन र प्रशान्त महासागरमा टाइफुन भनिन्छ। पछिल्लो चक्रवातको प्रभावबाट भारतको पूर्वी तटीय क्षेत्रका बासिन्दा फेरि प्रभावित हुन सक्ने देखिएको छ।




2026-11-03-10-52-45.jpeg)


प्रतिकृया दिनुहोस