• २०८३ कार्तिक १७ मंगलबार
  • Tuesday, 3 November, 2026

हेलिकप्टर दुर्घटना अपडेटः भारतीय पर्यटकको मृत्यु

विराटनगर। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा अवतरणका क्रममा दुई हेलिकप्टर ठोक्किँदा एक भारतीय पर्यटकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार मंगलबार बिहान ८ बजेर ११ मिनेटमा फिस्टेल एयर र डाइनास्टिक एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा आपसमा ठोक्किएका थिए । 

दुर्घटनामा फिस्टेल एयरको हेलिकप्टरमा सवार भारतीय नागरिक वसन्त कुमार बालारामारामाडुको मृत्यु भएको उनले बताए ।

दुर्घटनामा सोही हेलिकप्टरमा सवार भारतीय मूलका न्यूजिल्यान्डका नागरिक शैलेश कृष्ण पटेल घाइते भएका छन् । घाइतेको प्रभु हेलिकप्टरमार्फत उद्धार गरी राजधानीको मेडिसिटी अस्पताल पुर्‍याइएको छ ।

दुर्घटनामा दुवै हेलिकप्टरका पाइलट सामान्य घाइते भएका छन् । उनीहरू दुवैलाई थप उपचारका लागि राजधानी लगिएको छ ।  

घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर