सरकारले प्रहरी प्रमुख कार्कीलाई हटायाे, केसी नियुक्त
काठमाडौँ । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ ।
बुधबार अकस्मात् बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई जिम्मेवारीबाट हटाउँदै एआईजी मनोज केसीलाई नयाँ जिम्मेवारी दिएको हाे ।
कार्कीलाई भने प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ । सरकारले मंगलबार नै हटाउने तयारी गरेपनि निर्णय भएकाे थिएन।






प्रतिकृया दिनुहोस