केसी आज नियुक्त, आजै दर्ज्यानी चिह्न
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नवनियुक्त आईजीपी मनोज केसीलाई दर्ज्यानी चिह्न लगाइदिएका छन् ।
विगतमा गृह सचिवले दर्ज्यानी चिह्न लगाइदिने गरिन्थ्यो । आज केसीलाई भने गृहमन्त्री गुरुङले लगाइदिएका हुन् ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हटाएर सरकारले नेतृत्व दिएका एआईजी मनोज केसी प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागको नेतृत्वमा थिए। ५ असोज २०८२ मा सरकारले उनलाई प्रहरीको प्रदेश समन्वय विभागबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सरुवा गरेको थियो। त्यहाँबाट उनी अपराध अनुसन्धान विभागमा पुगेका थिए।
दानबहादुर कार्कीको आईजीपी नियुक्तिका बेला कार्कीसहित एआईजीहरू राजन अधिकारी, मनोज केसी र सिद्धिविक्रम शाह महानिरीक्षकका लागि प्रतिस्पर्धामा थिए। कार्की, अधिकारी र केसी चैत २०५४ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका अधिकृत हुन्। अर्थात् उनी कार्कीकै सहकर्मी र ब्याचका हुन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहँदा केसीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाएका थिए।






प्रतिकृया दिनुहोस