आज काठमाडौं र भक्तपुरमा निःशुल्क बस सेवा
काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले तिहारको भाइटीकाको दिन आज काठमाडौं उपत्यका र भक्तपुरमा सर्वसाधारण यात्रुको सहज आवतजावतका लागि तीनवटा बस निःशुल्क रूपमा सञ्चालन गरेको छ ।
सार्वजनिक यातायातका साधन अत्यन्तै न्यून रूपमा सञ्चालन हुने भएकाले सर्वसाधारण नागरिकलाई आवतजावतमा सुविधा पुर्याउने उद्देश्यले निःशुल्क बस सेवा सञ्चालन गरिएको हो ।
सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं र भक्तपुरमा सञ्चालन गर्ने निःशुल्क बस सेवा आज बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुने व्यवस्था मिलाएको छ ।
काठमाडौं उपत्यकामा सञ्चालन गरिने बसमध्ये सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट निस्कने एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खु हुँदै विभिन्न स्थानका यात्रुलाई सेवा प्रदान गर्नेछ ।
यसैगरी, प्रधान कार्यालयबाटै निस्कने अर्को बसले सीतापाइला, कलंकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्क हुँदै विभिन्न स्थानका यात्रुलाई निःशुल्क सेवा प्रदान गर्नेछ ।







प्रतिकृया दिनुहोस