असिना पानी परेपछि काठमाडौंमा जाडो बढ्यो
काठमाडौं। काठमाडौं उपत्यकामा हिजो असिना पानी परेपछि आजबाट जाडो बढेको छ । आज बिहीबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसमा झरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजेको प्रारम्भिक मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस देखिएको हो।
बुधबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १०.२ डिग्री सेल्सियस थियो।
महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा आज पानी पर्ने सम्भावना छैन।
हाल देशभर नै तापक्रम घट्दो र चिसो बढ्दो छ।





2026-11-12-11-11-46.jpeg)

प्रतिकृया दिनुहोस