• २०८३ कार्तिक ३० सोमबार
  • Monday, 16 November, 2026

छठ पर्वले 'राष्ट्रिय एकता र सामाजिक सद्भावलाई थप सुदृढ बनाउन प्रेरणा प्रदान गरोस्'– प्रचण्ड

काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' आज छठ पर्वको शुभकामना दिएका छन् ।

उनले आफ्नो पेजमा लेखेका छन्, - 'छठ पर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। सामाजिक सद्भाव, आपसी एकता, सहिष्णुता र सांस्कृतिक विविधताको अनुपम प्रतीकका रूपमा रहेको छठ पर्वले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई थप सुदृढ बनाउन प्रेरणा प्रदान गरोस्।'

छठमा शनिबार ‘खरना’ विधिअन्तर्गत दूध र गुड हालेर पकाइएको खीर ९रस्याउ० तथा रोटी खाएका व्रतालुहरू आज दिनभर निर्जल निराहार व्रत बसिरहेका छन् । साँझ व्रतालु र उनीहरूका परिवारका सदस्य घरनजिकका पोखरी, नदी, सरोवरलगायत जलाशयमा बनाइएका छठ घाट पुग्नेछन् । नयाँ वस्त्र लगाएका परिवारका सदस्यले पूजासामग्री राखिएको बाँसको छैंटी टाउकोमा बोकेर घाटसम्म पुर्‍याउनेछन् । 

प्रायः परिवारका पुरुष सदस्यले यो जिम्मेवारी निर्वाह गर्छन् । छठ घाटमा व्रतालुहरूले बाँसको सुपुलीमा नरिवललगायत पूजासामग्री राखेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिनेछन् । त्यसपछि उनीहरू घण्टौं घाटमै बसेर पूजाअर्चना गर्नेछन् । केही व्रतालु राति घर फर्केर आँगनमा ‘कोशी भर्ने’ विधि पनि गर्नेछन् । माटोको हात्ती राखेर पूजा गरिने यो विधिले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । 

कोशी भर्ने क्रममा परिवारका सदस्य, आफन्त र छरछिमेकका मानिस पनि सहभागी भएर पूजाअर्चना गर्छन् । घाटमै रात बिताउने व्रतालुहरू भने भजनकीर्तन गर्दै जाग्राम बस्नेछन् । सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि प्रसाद ग्रहण गरेर मात्रै व्रतालुहरूले व्रत तोड्नेछन् । छठका लागि घरघरमा ठेकुवालगायत प्रसाद बनाउने क्रम पनि जारी छ । छठ पर्वका लागि वीरगन्जका घडिअर्वा, रानीघाट, नगवा, मुर्लीलगायतका घाट बेहुलीझैं सिँगारिएका छन् । जिल्लाका ग्रामीण भेगका अधिकांश गाउँमा पनि छठ घाट तयार पारिएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर