आज पनि ओरालो लाग्यो सुनको मूल्य, कति पुग्यो ?

काठमाडौं । तिहारपछि ह्वात्तै घटेको सुनको भाउ ओरालो लाग्ने क्रम रोकिएको छैन। 

तिहार बिदापछि कारोबार सुरु भएयता लगातार तेस्रो दिन आज (मंगलबार) सुनको मूल्य अरू घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २०० सय रुपैयाँमा झरेको हो।

हिजो सोमबार सुन तोलाको २ लाख ६९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

तिहारका लागि सुनचाँदी कारोबार बन्द गर्नुअघि कात्तिक २३ गते सुनको भाउ प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँ थियो।

त्यसपछि एकैचोटि कात्तिक २७ गते १२ हजार ६ सय रुपैयाँ घटेर तोलाको २ लाख ७१ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको थियो।

त्यसयता सुनको मूल्य आजसम्म घटेको घट्यै छ। सँगसँगै चाँदीको मूल्य पनि निरन्तर घटिरहेको छ। 

सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य थप घटेर आज प्रतितोला २ हजार ९ सय ९२ रुपैयाँ कायम गरिएको छ।

यसअघि सोमबार चाँदीको भाउ ३ हजार ५२० रुपैयाँ थियो भने आइतबार ३ हजार ६ सय रुपैयाँ थियो। 

त्यसअघि शुक्रबार चाँदीको मूल्य प्रतितोला मूल्य ३ हजार ७ सय रुपैयाँ थियो। 

तिहारअघि कात्तिक २३ गते भने चाँदी प्रतितोला ३ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर