• २०८३ मङ्सिर ७ सोमबार
  • Monday, 23 November, 2026

प्रधानमन्त्री बालेकाे पहिलाे राजकीय भ्रमण भारतः आज र भाेलि दिल्ली दाैड

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाह  आफ्नाे पहिलाे राजकीय भ्रमणमा आज भारतको नयाँ दिल्ली जाँदैछन्। 

प्रधानमन्त्री शाह दिउँसो पौने २ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत भारत प्रस्थान गर्नेछन्। 

प्रधानमन्त्री शाहले नेतृत्व गर्ने भ्रमण दलमा ३४ सदस्यीय सरकारी टोली हुनेछ, जसमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्री शाहका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाहलगायत हुनेछन्। 

निजी क्षेत्रबाट ५२ जनाको टोली आफ्नै खर्चमा भ्रमण दलमा मिसिँदैछ भने विभिन्न सञ्चारमाध्यमबाट पत्रकारसमेत सहभागी हुनेछन्।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्।  भ्रमणका क्रममा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार, ऊर्जा सहकार्यसम्बन्धी विभिन्न परियोजनाहरूको उद्धाटन र नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर