• २०८३ मङ्सिर ७ सोमबार
  • Monday, 23 November, 2026

बलिङमा चम्किए कप्तान सन्दीप, युएई १२१ रनमा समेटियो

काठमाडौं । एसिया कप राइजिङ स्टार्सअन्तर्गत आइतबारको खेलमा नेपालले जितका लागि १२२ रनको लक्ष्य पाएको छ। नेपालका लागि कप्तान सन्दीप लामिछानेसहित,कुशल भुर्तेल ललित राजबंशी र नन्दन यादबकाे कसिलो बलिङ गरेपछि ३९.५ ओभरमा अलआउट भएको युएई १२१ रनमा समेटिएको हो।

दोहामा टस हारेर पहिले ब्याटिङ गरेको युएईका लागि मोहम्मद साहदादले सर्वाधिक ४० रनको योगदान गरे। ७० बल सामना गरेका उनी कुशल भुर्तेलको बलिङमा नन्दन यादवबाट क्याच आउट भए।

यसैगरी, हरप्रित सिंहले ४८ बलमा ३२ तथा नरुल्लाह अयोयबीले २४ बलमा १२ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

नेपालका लागि कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले समान तीन विकेट लिए। १० ओभर बलिङ गरेका सन्दीपले तीन मेडन राख्दै ११ रन मात्र खर्चिए। भुर्तेलले दुई मेडनसहित पाँच ओभरमा १५ रन दिए।

यसैगरी, नन्दन यादव, रसिद खान र ललित राजवंशीले समान एक विकेट हात पारे। ललितले पनि एक मेडन गराए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर