• २०८३ मङ्सिर ७ सोमबार
  • Monday, 23 November, 2026

बालेन-एस जयशंकर भेटमा के भयाे ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतका विदेशमन्त्री डा. एस.जयशंकरले शिष्टाचार भेटवार्ता गरेका छन्।

नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको भेटवार्तामा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको बताइएको छ।

सो क्रममा नेपाल र भारत सम्बन्धका विविध पक्ष, विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्यबारे छलफल भयो। 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री शाह दुईदिने भ्रमणमा भारत गएका हुन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर