• २०८३ मङ्सिर ७ सोमबार
  • Monday, 23 November, 2026

नेकपाका युवा नेता बस्नेतको प्रश्न: प्रधानमन्त्रीज्यू लिपुलेकबारे भारतसँग कुरा गर्नुभयो ?

काठमाडाैं ।  नेपाली कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य सुरेन्द्र बस्नेले प्रधानमन्त्री बालेनसँग प्रश्न गरेका छन् । आज मात्रै २ दिने भारत भ्रमण सकेर नेपाल फर्किएका प्रधानमन्त्री बालेनलाई नेकपा सूचना तथा प्रविधि विभाग उपप्रमुखसमेत रहेका बस्नेतले लिपुलेकलगायतका सीमा समस्या र भारतले मिचेकाे नेपाली भूमिबारे प्रश्न गरेका हुन् । 

अघिल्लाे साल तत्कालिन प्रधानमन्त्रि केपी ओली चीन भ्रमण गएका बेला तत्कालिन काठमाडाैं महानगरपालिकाका मेयर रहेका बालेनले फेसबुकमा स्टाटस लेखेका थिए ।

त्यसैलाई उदृत गर्दै बस्नेतले लेखेका छन्, 'गत बर्ष मात्रै अहिलेका प्रम बालेनले चीन जानु अघि तत्कालीन प्रम केपी ओलीलाई लिपुलेक 'हाम्रै हो' भनेर सम्झाउन भ्याएका रहेछन्। यसपालि बालेन आफैं प्रधानमन्त्री भएर स्वयम् भारतीय प्रम नरेन्द्र मोदी नै भेट्दा उनले यो कुरा सम्झाएको समाचार तंपाईले कतै सुन्न पाउनु भयो त ?'

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर