दसौं राष्ट्रिय खेलकुद: पदक तालिकामा बागमती अघि, आज हुनेछन् यी खेल
सुर्खेत । कर्णाली प्रदेशमा जारी दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शुक्रबार विभिन्न १० खेल विधामा प्रतिस्पर्धा हुँदै छ । प्रतियोगिताका खेल कर्णालीसहित बाँके र बर्दियाका विभिन्न खेलस्थलमा सञ्चालन हुनेछन् ।
शुक्रबार सुर्खेतमा महिला तथा पुरुष क्रिकेट, महिला बास्केटबल, बक्सिङ, फुटबल, जिम्न्यास्टिक र फुल कन्ट्याक्ट कराँतेका खेल हुनेछन् । बाँकेको नेपालगन्जमा पौडी, बर्दियामा टेनिस र पश्चिम रुकुमको चौरजहारीमा शारीरिक सुगठन प्रतियोगिता सञ्चालन हुनेछ ।
खेल तालिकाअनुसार वीरेन्द्रनगरमा बिहान ९ बजे महिला क्रिकेट र महिला बास्केटबलका खेल सुरु हुनेछन् । मुख्य रंगशालामा बिहान ९ बजेदेखि पुरुष फुटबलका खेल हुनेछन् । ती खेल दिउँसो २:३० बजेसम्म सञ्चालन हुनेछन् । पुरुष क्रिकेटतर्फ कालुञ्चोक मैदानमा बिहान ९ बजेदेखि प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै, सुर्खेतस्थित मुख्य कभर्डहलमा बिहानैदेखि बक्सिङका खेल हुनेछन् भने मिनी कभर्डहलमा जिम्न्यास्टिकका प्रतिस्पर्धा सञ्चालन हुनेछन् । ब्याडमिन्टन कभर्डहलमा बिहान ११ बजेदेखि फुल कन्ट्याक्ट कराँतेका खेल हुने तालिका छ ।
सुर्खेतबाहिर पनि शुक्रबार विभिन्न खेल सञ्चालन हुनेछन् । नेपालगन्जमा बिहान ९ बजेदेखि पौडी प्रतियोगिता हुनेछ भने बर्दियामा टेनिसका खेल हुनेछन् । पश्चिम रुकुमको चौरजहारीमा बिहान ८ बजेदेखि शारीरिक सुगठन प्रतियोगिता आयोजना हुनेछ ।





2026-11-22-05-15-48.jpeg)

प्रतिकृया दिनुहोस