• २०८३ मङ्सिर ११ शुक्रबार
  • Friday, 27 November, 2026

अर्याललाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्ने

काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वमुख्यसचिव एकनारायण अर्याललाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

शुक्रबार अदालतमा पेश गरिएका अर्याललाई चार दिन थुनामा राखेर थप अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको हो ।

मलेसियाको वैदेशिक रोजगारीको बायोमेडिकल सेवा शुल्क असुलीसम्बन्धी अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अर्यालमाथि अनुसन्धान गरिरहेको छ ।

भारतमा पक्राउ परेका अर्याललाई प्रहरीले बिहीबार काठमाडौं ल्याएको थियो । उक्त प्रकरणमा प्रहरीले दुई पूर्वमन्त्रीसहित १० जना पक्राउ गरिसकेको छ ।

उनीविरुद्ध ठगी तथा संगठित अपराधमा सीआईबीले अनुसन्धान गरिरहेको छ । मलेसियाको वैदेशिक रोजगारीको बायोमेडिकल सेवा शुल्क असुलीसम्बन्धी अनुसन्धानमा उनीमाथि पनि अनुसन्धान सुरु भएको छ ।

मलेसिया जाने श्रमिकबाट अतिरिक्त बायोमेडिकल सेवा शुल्क लिई ठगी गरेको र त्यो रकम गैरकानुनी रूपमा मलेसिया पठाएको आरोपमाथि दुई पूर्वमन्त्रीसहित १० जना पक्राउ परिसकेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर