• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

राजनारायण पाठकविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकविरुद्ध विशेष अदालतमा आज भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको छ । 

पदको दुरुपयोग गरी एक इञ्जिनीयरिङ कलेजको विवाद मिलाउने भनी रु ७८ लाख घुस लिएको अभियोगमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

अभियोगपत्रमा पाठकविरूद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कारवाही माग गरिएको छ। भ्रष्टाचार निवारण ऐनको दफा ३ मा घूस लिने व्यक्तिलाई बिगो बमोजिम जरिवाना हुने उल्लेख छ । उक्त दफामा ५० लाखदेखि १ करोडसम्म घूस लिने व्यक्तिलाई ६ देखि ८ वर्षसम्म कैद सजाय हुने भनिएको छ ।

पाठकले अख्तियारको आयुक्त हुँदा विचाराधीन भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिन्छु भनी अध्यक्ष लम्बोदर न्याौपानेसँग ७८ लाख रुपैयाँ घुस लिएको पुष्टि भएकाले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

पाठकले घुस लिने क्रममा विभिन्न व्यक्तिसँग गरेको बार्गेनिङ सम्बन्धि भिडियो समेत सार्वजनिक भइसकेको छ । घुस काण्डमा मुछिएका उनले ३ फागुनमा नै राजीनामा दिएका दिएका थिए।

अख्तियारले दर्ता गरेको अभियोग पत्रमा ७८ लाख रूपैयाँ बिगो माग दाबी गरेको छ । ऐनअनुसार कसुर प्रमाणित भए उनले ७८ लाख रूपैयाँ जरिवाना तिर्नु पर्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर